coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अपाङ्गता भएकाहरूको राष्ट्रिय खेलकुद हलचोकमा

काठमाडौं– विशेष ओलम्पिक नेपाको आयोजनामा बौद्धिक बौद्धिक अपाङ्गता भएका व्यक्तीहरूको दुई दिने राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।

शुक्रबार र शनिबार सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकस्थित मैदानमा भएको खेलमा काठमाडौंसहित भक्तपुर, ललितपुर, विराटनगर, पोखरा लगायतका स्थानबाट विशेष विद्यालयबाट १ सय १० जना सहभागी थिए। 

प्रतियोगितामा ५०, एक सय र २ सय मिटर दौड, बुच्चे बल, लंग जम्प, हाई जम्प, सर्ट बल, सर्ट पुटका विजेतालाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो। 

प्रतियोगिताका विजेताले सन् २०१९ मा आबुधाबीमा हुने विशेष ओलम्पिक विश्व खेलकुदमा नेपालको प्रतिनिधित्व गर्नेछन्। 

प्रकाशित: १८ असार २०७५ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App