७ वैशाख २०८१ शुक्रबार
खेल

च्यासल क्लब माथि उक्लिँदै

काठमाडौं- सहिद स्मारक 'बी' डिभिजन लिगमा लगातार तेस्रो जितपछि च्यासल युवा क्लब अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। पाँच दिनपछि मंगलबार पुनः सुरु भएको लिगअन्तर्गत हल्चोकस्थित एपिएफ मैदानमा च्यासलले सामाजिक युवा क्लबलाई १-० ले हराएको थियो। सुसन राईले ६५ औं मिनेटमा गरेको गोल नै च्यासलको जितलाई पर्याप्त रह्यो। चार खेलमा तेस्रो जितपछि च्यासलको ९ अंक पुगेको छ र टोली पाँचौंबाट दोस्रो स्थानमा पुगेको हो। चौथो चरणको समाप्तिमा रानीपोखरी कर्नर टिम (आरसिटी) तेस्रो स्थानमा पुगेको छ। टोलीसँग ८ अंक छ। शीर्ष स्थानमा रहेको न्युरोड टिम (एनआरटी) सँग १० अंक छ।

हल्चोकमै अर्को खेलमा नयाँबस्ती युवा र टुसाल युवा क्लबले गोलरहित बराबरी खेलेका छन्। टुसालको ७ अंक पुगेको छ। २ अंक जोडेको नयाँबस्ती १३ औंबाट १२ औं स्थानमा उक्लेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा सातदोबाटो युवा क्लबले महावीर क्लबलाई २–१ ले हराएको छ। रिपु भुलानको दुई गोलमा सातदोबाटोले चौथो खेलमा दोस्रो जित निकालेको हो। जितपछि टोलीको ६ अंक पुगेको छ। ६ अंक हुने टोलीमा पुल्चोक स्पोर्टस, मध्यपुर युथ एसोसिएसन र बाँसबारी छन्। मात्र १ अंक जोडेको महावीर एक स्थान झर्दै १३ औं स्थानमा पुगेको छ। रिपुले २३ औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए। सरोज थापाले ३९ औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफमा १–१ को बराबरी भएको थियो। बराबरी उन्मुख खेलमा ८ मिनेट बाँकी रहँदा रिपुले हेडमार्फत गरेको गोल खेलको निर्णायक बनेको थियो।

प्रकाशित: २२ भाद्र २०७३ ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App