८ वैशाख २०८१ शनिबार
समाज

कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, जीप पुरियो

बेनिघाट रोराङस्थित कृष्णभीरमा पहिरो जाँदा पुरिएको जीप र पहिरो पन्छाउँदै डोजर। तस्बिर: नागरिक

धादिङ- पृथ्वी राजमार्ग अनत्र्गत धादिङको बेनिघाट रोराङ गाउँपलिकाको दुई ठाउँमा पहिरो गएको छ। बेनिघाट रोराङ गाउँपालिका वडा नं १० को मझिमटार र वडा नं ७ कृष्णभीरमा पहिरो खसेको छ।

पहिरोले कृष्णभीरमा सोमबार जीप पुरिएको छ। काठमाडौँ जाँदै गरेको लु १ च २३४३ नम्बरको जीप पुरिएको हो। पहिरो झर्न थालेपछि जीप भित्र रहेका यात्रुहरु भने भाग्न भ्याएको प्रहरीले जानकारी दिएको छ।

लगातार परेको वर्षाले पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो। राजमार्ग अवरुद्ध हुँदा पूर्वपश्चिम जाने सवारी साधन बाटोमा नै रोकिएका छन्। पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।

 

 

प्रकाशित: १८ असार २०७५ ०८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App