coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
भिडियो

वृद्धाश्रमको फरक संसार (भिडियो)

काठमाडौं- पुरानो बानेश्वरकी लक्ष्मी देवी थापा विगत २१ वर्षदेखि पशुपति वृद्धाश्रममा आफ्नो दैनिकी बिताइरहेकी छन्। ८६ वर्षकी उनी बिरामी हुँदा अपरिचित मान्छेले यहाँ ल्याएर राखिदिएका थिए। उनको कोही परिवार छैनन्। उनले न आफ्नो आमाको मुहार देखिन् न बुवाको माया पाइन्। अहिले वृद्धाश्रम नै उनको घर आँगन बनेको छ। उनको विहान आश्रममा शुरु हुन्छ र रात पनि आश्रममै सकिन्छ।

 ‘मलाई थाहा छैन,कसैले हेटौँडा लगेर पालेको थियो रे, हुर्काएको रहेछ । काम पनि गर्थेँ । आफूलाई पालेको घरमा। पछि काठमाडौं आँए । अरुको घरमा काम गरेर बस्थेँ । ’ उनी जन्मेदेखि अहिलेसम्म एक्लोको एक्लो छिन । न त पतिको स्नेह पाउने मौका जुर्यो । न त छोराछोरीलाई ममता पोख्न पाइन।

फरक कथा र व्यथाका वृद्ध वृद्धाहरु सामूहिक आवास हो पशुपति वृद्धा आश्रम। पशुपतिनाथको भिडभाडदेखि अलग एउटा कुनामा रहेको वृद्धाश्रममा बस्नेहरुको कथा कहालीलाग्दो छ।

 

प्रकाशित: १८ असार २०७५ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App