१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालमैत्री वडा घोषणाका लागि पहल

बालमैत्री वडा घोषणाका लागि समुदायसँग छलफल गर्दै विषयगत कार्यालय र अजयमेरु गाउँपालिकाका जनप्रतिनिधिहरु। तस्बिरः नागरिक

डडेल्धुरा – अजयमेरु गाउँपालिकाको वडा नं. १ लाई बालमैत्री वडा घोषणा गर्नका लागि पहल सुरु थालिएको छ। वडा भित्र रहेका सम्पूर्ण बालविकास केन्द्र, विद्यालय, समुदाय, स्वास्थ्य चौकी, टोल लगाएतका सरोकारवाला कार्यालयहरुमा बालमैत्री वातावरण सिर्जना भएकाले वालमैत्री वडा घोषणाका लागि पहल थालिएको हो।

वालमैत्री वडा घोषणा गर्नका लागि आवश्यक पर्ने सूचकहरु पुरा भएकाले वालमैत्री वडा घोषणा गर्न पहल सुरु भएको वडा अध्यक्ष दत्तिसिहं भण्डारीले बताए।

उक्त वडालाई  २०६८ सालदेखि नै वालमैत्री  वडा घोषणाका लागि तयारी थालिएको भएपनि संघियतामा देश जानु, चुनाव लगायतका कारणले ढिला भएको अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्टले वताए।

स्वास्थ्य, खानेपानी, विद्यालय, घरकोे बालमैत्री वातावरण, विद्यालयमा छात्र, छात्राको छुट्टै शौचालयको व्यवस्था भएको, बालमैत्री धाराजडान गरि खानेपानी निर्माण गरिएको, कक्षा कोठामा बालमैत्री वातावरणमा शिक्षण गर्ने गरेको पाइएको फोकल व्यक्ति रतन ऐयरले जानकारी दिए। अन्य आवश्यक पर्ने सबै सूचकको मात्र पुगेको पनि उनले बताए।

प्रकाशित: १८ असार २०७५ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App