७ वैशाख २०८१ शुक्रबार
समाज

प्रथम नगर दिवस स्तम्भ अनावरण

प्रथम नगर दिवस स्तम्भ अनावरण गर्दै मेयर दिपनारायण रिजाल। तस्बिर : दमन राई/नागरिक

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रथम नगर दिवस स्तम्भ अनावरण गरेको छ। प्रथम नगर दिवसको अवशरमा सोमबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दुधकुण्ड देउधाममा मेयर दिपनारायण रिजालले प्रथम नगर दिवस स्तम्भ अनावरण गरेका हुन्।

मध्यपहाडी लोकमार्गमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दुधकुण्ड देउधामको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यकासाथ दिक्तेलबाट १३ किलोमिटर टाढा रहेको स्थानमा प्रथम नगर दिवस स्तम्भ निर्माण गरिएको हो। स्तम्भमा नगरपालिकाको सिमाना, क्षेत्रफल, प्राकृतिक श्रोत, प्रमुख धार्मिक तथा पर्यटकीयस्थल, जम्मा घरधुरी, जनसंख्य, जातीगत विवरण, धर्म अनुशारको जनसंख्या विवरण, प्रमुख आर्थिक केन्द्र लगायतका बिवरण उल्लेख गरिएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विविध कार्यक्रम गर्दै प्रथम नगर दिवस मनाउँदै छ। दिवसको अवशरमा नगर गीत, नगर स्मारिका र नगरपालिकाभित्र ‘एक घर, एक विरुवा’को अवधारणा अनुसार दिक्तेलबजारमा एक घर दुई विरुवा रोपिने मेयर रिजालले बताए। दिवसकै अवशरमा नगरपालिकाभित्रका सबै क्षेत्रलाई समेटेर एक जनालाई नगद १ लाख राशीको पुरस्कार तथा नगरभित्रका वर्ष उत्कृष्ट निजामती कर्मचारी र वर्ष उत्कृष्ट शिक्षकलाई ५०÷५० हजार नगदका साथमा सम्मान गरिने छ। यस्तै, २०७४ सालको एसईईमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय र छात्र÷छात्रालाई नगदसहित सम्मान गर्ने तयारी गरिएको छ।

नगर दिवसको अवशरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ। बिदाका दिन प्रशासन, सुरक्षा अंग र बैंक बाहेकका सरकारी कार्यालय तथा शैक्षिक संस्थालाई बिदा दिइएको नगरपालिकाले जनाएको छ।

प्रकाशित: १८ असार २०७५ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App