७ वैशाख २०८१ शुक्रबार
समाज

सर्पदंशका कारण दुईको मृत्यु

महोत्तरी – महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ।

गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ।

त्यस्तै गौशाला–१२ कान्तिबजारका ३६ वर्षीय सुशीलकुमार सिंहलाई सर्पले डसेको र उपचारका क्रममा ज्यान गएको छ।

इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारीअनुसार सुशीलकुमार सिंह आइतबार साँझ खेतबाट काम गरेर फर्किएपछि अचानक बेहोस भएको र उनलाई तत्कालै उपचारका लागि बर्दिवासस्थित शुभस्वतिक हस्पिटलमा भर्ना गरिएको थियो।

उपचारका क्रममा सर्पले टोकेको पत्ता लागेपछि सर्पदंश उपचार केन्द्रमा पठाएको तर उनको उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए। पछिल्लो समय महोत्तरीमा सर्पदंशका घटनामा वृद्धि भएको छ। रासस

प्रकाशित: १८ असार २०७५ ०५:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App