coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इन्डोर कर्पोरेट क्रिकेटमा १२ टोली

काठमाडौं- नेपाल स्पोर्टस म्यानेजमेन्टले भदौ २३ बाट कोकाकोला इन्डोर कर्पोरेट कप क्रिकेट प्रतियोगिता गर्ने भएकोछ। रातोपुलस्थित भेलोसिटी एरिनामा ४ दिन चल्ने प्रतियोगितामा१२ कर्पोरेट हाउसको सहभागिता रहनेछ। लिगकम नकआउट आधारमा हुने प्रतियोगिताका १२ टोलीलाई ४ समूहमा विभाजन गरेर खेलाइने छ।

प्रत्येक समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्नेछन्। उद्घाटनमा सेलिब्रेटी खेल हुनेछ। पहिलो दिन ४ खेल र अन्य दिन ६–६ खेल हुनेछ। विजेता टिमले सिल्भर ट्रफी जित्नेछ।

समूह ‘ए’ मा बोटलर्स नेपाल, यती एयरलाइन्स र एनसिसी बैंक छन्। समूह ‘बी’ मा सिप्रदी टेड्रिङ, प्रिमियर इन्सुरेन्स र हिमाल डिस्ट्रिलरी, समूह ‘सी’मा गोर्खा ब्रुअरी, हुलासचन्द ग्रुप, एफएन सफ्ट प्रालि तथा समूह ‘डी’ मा नेपाल खेलकुद पत्रकार मञ्च, फ्याक्ट नेपाल र कान्तिपुर मिडिया ग्रुप छन्।

प्रकाशित: २२ भाद्र २०७३ ०४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App