८ वैशाख २०८१ शनिबार
समाज

रूकुममा बस दुर्घटना हुँदा १४ घाइते, तीनजनाको अवस्था गम्भीर

रुकुम – रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस मुसिकोट नगरपालिका–१२ को पितिबाङ खोलामा आज बिहान करीब २ः३० बजेतिर दुर्घटना हुँदा १४ जना घाइते भएका र तीनको अवस्वस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी दाङ तुल्सीपुर उपमहानगरपालिका–३ का १७ वर्षीया सृष्टी पुन, उनकी आमा ३६ वर्षीया माया पुन, वडा नं. ८ का ३१ वर्षीय अजय बुढाथोकी र सोही ठाउँका २१ वर्षीय क्षतिज मगर घाइते भएको प्रहरीले जनाएको छ।

यस्तै सल्यान त्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय विष्णु परियार, सल्यान बागचौर नगरापालिका–१० का २९ वर्षीय शिशिरकुमार गिरी, सल्यान सारदा नगरपालिका–१ का गाडी मालिक २४ वर्षीय धीरेन्द्र श्रेष्ठ, रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–३ मैकोटका २५ वर्षीय करण बुढा, सोही ठाउँका १८ वर्षीय राज बुढा, १५ वर्षीया नवीना बुढा, वडा नं ं१२ कोलका ३५ वर्षीय सुन्दर बुढा, उनका छोरा ११ वर्षीय बलमान बुढा र रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ का २७ वर्षीय मोहन कुसारी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।

घाइतेमध्ये सृष्टी, विष्णु र करणको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ। उनीहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ।

अन्य घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ असार २०७५ ०३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App