पर्यटकको प्रवेश शुल्कमा अनियमितता भएको गुनासो आएपछि पशुपति क्षेत्र विकास कोषले बैंकमार्फत् रकम बुझाउने तयारी थालेको छ।
आगामी साउन १ गतेदेखि पशुपति मन्दिर घुम्न आउने आउने पर्यटकले सनराइज बैंकमार्फत् प्रवेश शुल्क बुझाउनुपर्नेछ । सार्क राष्ट्रबाहेकका पर्यटकले पशुपति मन्दिर घुम्न एक हजार रूपैयाँ बुझाउँदै आएका छन् ।
अहिले कोषले गुह्येश्वरी, तिलगंगा, बधश्लेश्वरी र पशुपतिनाथको पश्चिमढोका गरेर चार दिशामा काउन्टर खडा गरी कर्मचारी राखेर प्रवेश शुल्क उठाउँदै आएको छ । प्रवेश शुल्क उठाउने कर्मचारी र गाइडले मिलेर कोषको खातामा हिसाव नदेखाउने, प्रवेश पासविनै प्रवेश गराउने गरेका छन् । यसबाट कोषले पर्यटकबाट आउने राजस्व गुमाउँदै आएको थियो।
‘अनियमितता नहोस् भनेर बैंकमार्फत प्रवेश शुल्क उठाउन लागेका हौं,’ कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले भने, ‘यसरी शुल्क उठाउँदा पारदर्शिता हुन्छ भने शुल्क नतिरी प्रवेश गर्ने पर्यटक पनि घट्छन् ।’ उनका अनुसार अहिले काउन्टरमा बसिरहेका कर्मचारीलाई अनुगमनमा लगाइनेछ ।
अहिले कर्मचारी बस्ने चारवटै काउन्टरमा भने बैंकले आफ्ना कर्मचारी राख्ने छ ।कोषका प्रशासकीय अधिकृत गौरीशंखर पराजुलीका अनुसार बैंकले बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म काउन्टरमा आफ्ना कर्मचारी राख्ने सम्झौता भएको छ ।
अहिले पशुपतिनाथ आउने विदेशी पर्यटकलाई कोषले एक हजार रूपैयाँ लिँदै आएको छ । कोषका अनुसार वर्षेनी पशुपतिनाथमा करिब एक लाख ५० हजार पर्यटक पुग्ने गरेका छन् । ती पर्यटकबाट करिब १५ करोड आम्दानी कोषले गर्दै आएको छ ।कोषले यसअघि दैनिक हुने पञ्चामृत पूजामा समेत बैंकबाट भुक्तानीको व्यवस्था गर्दै आएको छ । बैंकले पंञ्चामृत पूजा गर्न चाहने भक्तजनले एसबीआई बैंकमा भुक्तानी गरेर रिसिभ लिएर आएपछि पूजा गर्न पाउँछन् ।
कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...
टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...
यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
यसमा तपाईको मत