coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

चस्माकाे ट्रेन्ड

बच्चा देखि पाका सम्मले प्रयोग गर्ने महत्वपुर्ण बस्तु भएको छ चस्मा । हिजोआज चस्मा बिना कतै जान नै नमिल्ने जस्तो भैसकेको छ।

बिवाह, भोज, पाटि लगाएत औपचारीक अनौपचारीक कार्यक्रम देखि बाटोमा हिड्दा सम्म सबैले प्रयोग गरेको पाइन्छ ।  आँखाको सुरक्षा मात्र नभएर फेसनेबल देखिनको लागि पनि चस्माको प्रयोग ह्वात्तै बढेको छ।

काठ्मान्डुको धुलोबाट आखालाई बचाउन पनि धेरैले चस्मा प्रयोग गरेको पाइन्छ । धुलोधुवाबाट बच्न अचेल, बाटोमा हिड्दा चस्मा नलगाउने भेटिन मुस्कुलै छ । काठ्मान्डौको धुलो, धुवाबाट बच्न होस् या आफुलाई युनिक र फेसनेबल देखाउन होस् शहरियाहरुको आखामा थरी थरीका चस्मा देख्न सकिन्छ ।

विवाहको समारोह देखि बाहिर घुमफिरमा चस्माको ट्रेन्ड निकै चलेको छ । चस्मा लगाउन उमेरले छेक्दैन, बच्चा देखि पाका सम्मले आफुलाई चस्मा लगाएर हिडेको देख्न सकिन्छ ।गर्मी मौसमा शितलताको लागि अन्य सामान प्रयोग गरिए पनि चस्माको प्र्र्र्र्रयोग धेरैले प्रयोग गरेको पाइन्छ । चस्माले घामको किरणबाट आँखालाई जोगाउने मात्र नभएर धुलोधुवाँबाट बचाउँन पनि मद्यत गर्छ । शहरीयाहरुको लागि चस्माको फरक डिजाइन् प्रयोग गरेको पाइन्छ ।

हरेकलाई अन्य भन्दा स्पेसल, युनिक र फेसनेबल देखाउन मद्यत गर्छ । गेटअप अनुसारको चस्मा प्रयोग गर्दा मानीसको व्यत्तित्व बढाउने भएर पनि धेरैले प्रयोग गरेको व्यापारी बिशाल पारेक बताउछन् । चारखालमा रहेको लुक्स्कार्टका सञ्चालक बिशाल पारेकले चस्मा व्यापार गर्न थालेको दुई बर्ष भयो । बिगतको तुलनामा मानीसमा चस्मा प्रतिको मोह निकै बढेको उनी बताउछन् ।
महिला पुरुषको रोजाई एउटै हुने खालका युनीसेक्स चस्माको चल्ती चलेको उनी बताउछन् । उनी भन्छन्,‘ अचेल केटा र केटिले लगाउने चस्मा मा केहि फरक छैन् ।

युनीसेक्स् चस्माको फेसन निकै चलेको छ ।’ बिशेष गरी ब्ल्याक रेबन निकै प्रचलीत भएको उनी बताउछन् । बिशेष गरी जोडि चस्माको प्रचलन पनि बढ्दो रहेको उनी अनुभब सुनाउछन् । चस्माको व्यापार अन्य समयमा भन्दा गर्मीको मौसममा राम्रो हुने उनी बताउँछन् । सामान्यतयः १२ सय बाट २५ सय सम्मका चस्मा बेच्ने उनी बताउँछन् ।पुलचोकका प्रताप मालाकार व्यापारी हुन् । उनीको बिधुतिय सामानको पसल छ । समान लिन, पुर्याउन स्कुटरमा हिड्छन् उनी । जहाँ हिडेपनि चस्मा भने लगाउन छोड्दैनन् ।

उनी कालो रेवन लगाउन मन पराउछन् । उनी भन्छन्, ‘म प्राय सामान लिन काठ्मान्डौ जानु पर्छ, दिनको घाममा हिड्दा आखालाई सुर्यको किरणबाट जोगाउन कालो चस्मा लगाउछु ।’ चस्मा लगाउन मन पराउने प्रताप चस्मा लगाउन कहिले नछुटाउने बताउछन् । बजारमा थरी थरीका चस्मा आए पनि कालो चस्मा लगाउदा सुहाउने, सजीलो हुने उनी बताउँछन्।

त्रिपुरेश्वरमा रहेको एन्थ्रोपोज चस्मा स्टोरमा समरको समयमा चस्मा पारखीहरुको भिड लाग्ने गर्छ । समय अनुसार फेसनमा नयापन आएको अनुभब सुनाउछि एन्थ्रोपोजमा कार्यरत कर्मचारी कोमीलीना बज्रचार्य । एन्थ्रोपोज चस्मा स्टोर सञ्चालनमा आएके चार बर्ष भन्दा बढी भैएको उनी बताउछिन् । उनी भन्छिन्, ‘अघिपछिको समय भन्दा समरको समयमा चस्मा किन्नेको भिड लाग्ने गर्छ ।’ धुलोधुवाबाट आखालाई बचाउन मात्र नभएर फेसनेबल देखिन पनि चस्मा किन्ने उनी बताउँछिन् ।

उनका अनुसार,‘ हामीले चस्माको डिजाइन आफै गर्छौ र म्यानुफ्याक्चरको लागि चाइना लैजान्छौ । ’ उमेर अनुसारको रोजाई फरक फरक हुने उनी बताउँछिन् । उनी भन्छिन्,‘ चस्मा रोज्दा पुरुषको तुलनामा महिलाले ठुलो आकारको चस्मा खोज्न आउँछन् ।

बजारमा प्रचलीत चस्माहरु
पायलट चस्मा
पायलट चस्मा युवापस्ताको राम्रो रोजई बन्न सफ भएके छ । स्क्वाएर, ओभल, राउन्ड फेस हुनेहरुको लागि पायलट डिजाइनको चस्मा लगाउदा अनुहारमा सुहाउने व्यापारी बताउँछन् । पुनम बराल एमआर हुन् । पुनमलाई कामको सिलसिलामा एकठाँउबाट अर्को ठाँउमा हिडिरहनु पर्ने बताउँछिन् ।

पुनमलाई हरेक मौसममा सनग्लास लगाउन मन पर्छ । उनी अन्य मौसममा पायलट डिजाइनको चस्मा लगाउन रुचाउँछिन् । उनी भन्छिन्, ‘म सनग्लास् डेली लगााउछु, आखाको सुरक्षाको हिसाबले पनि यो निकै महत्वपुर्ण छ ।’ अफिसको काममा धेरै ठाँउमा गैरहनु पर्ने उनी आरामदायी चस्मा लगाउन रुचाउछिन् । उनी भन्छिन्,‘चस्मा किनेर मात्र हुदैन,हाफ्नो अनुहार सुहाउदो चस्मा किन्न आवश्यक हुन्छ।’

बटरफ्लाई चस्मा
बटरफलाई चस्मा लाई ओभर फ्रेम चस्मा पनि भनिन्छ । बटरफ्लाई चस्मा अनुहारको आकार अनुसार फरक आकारमा उपलब्ध छ । आखाका भागलाई मात्र नछोपेर अलीक बढी भाग छोप्ने भएर टिनएजका युवतीको रोजाईमा पर्न सफल भएको छ ।

समरमा तापक्रम उच्च हुनुका साथै घाम चर्को लाग्ने गर्छ । बाहिर हिड्दा घाममा प्रत्यक्ष बचाउनको लागि बटरफ्लाई चस्मा खोज्न आउने व्यापारी बताउछन् । बिशेष गरेर गर्मी मौसममा बटरफ्लाई चस्माको प्रयोग गर्नु उपयुक्त मानीन्छ । छाला र आखालाई धुवाधुलो, घामबाट बचाउन बटरफ्लाई चस्मा राम्रो बिकल्प हुन सक्छ।

क्याटआई चस्मा
क्याटआई चस्मा हिजोआज निकै चल्तीमा रहेको छ । बिशेष गरेर आफुलाई सदाबहार फेसनेबल बनाइ राख्ने युवतीको रोजाइमा परेको पाइन्छ । रेट्रो फेसन गर्न मनपराउनेहरुको राम्रो बिकल्प हुन हुन सक्छ क्याटआई चस्मा । आस्था थापा क्याटआई डिजाइनको चस्मा लगाउन रुचाउँछिन् ।

घामबाट बच्न मात्र नभएर युनिक देखिन क्याट आई चस्मा लगाएको उनी बताउछिन् । आस्थाले क्याटआई डिजाइनको चस्मा लगाउन सुरु गरेको छ महिना भएको उनी बताउछिन् । उनी भन्छिन्, ‘क्याटआई चस्मा लगाउनु भन्दा पहिला म राउन्ड डिजाइनको चस्मा लगाउथे, अहिले चस्मा चेञ्ज गरेकी हु, लुक्स् निकै फरक भएको महसुस् गर्छु।

राउन्ड चस्मा
कलेज पढ्नेहरुको बिशेष रोजाइमा राउन्ड चस्मा पर्ने गरेको छ । लाइट र कुल देखिने भएर अधिकाशं टिनएजरको रोजाइनमा परेको व्यापारी बताउँछन् ।

१२ कक्षाको परिक्षा दिएर बसेकी सोनी मालाकार राउन्ड चस्मा प्रयोग गर्नु उपयुक्त मानिन्छ । ब्ल्यु साईनी ग्लास्को राउन्ड चस्मा लगाउछिन् । राउन्ड चस्मा लगाउदा सजिलो हुने उनी बताउछिन् । उनी भन्छिन्,‘ मैले लगाएको राउन्ड चस्मा निकै हलुका र लगाउदा सजीलो छ, घामबाछ मात्र नभएर, धुलोबाट बच्न प्राय सधै चस्मा लगाउने गर्छ। ’

मिरोरेड् चस्मा
मिरोरेड् चस्मा समर सिजनमा बढी प्रयोग गरिने व्यापारी बताउछन् । मिरोरेड् चस्मा बिशेष गरी ब्ल्यु, ग्रिन, रोज गोल्ड, सिल्भर कलरको बढी प्रयोग भएको देख्न सकिन्छ ।

सुशांक शाह निलो कलरको मिरोरेड् चस्मा लगाउछन् बाइमा हिड्ने उनी आखालाई सुरक्षा र फेसनको लागि लगाउने बताउछन् । उनी भन्छन्,‘ मिरोरेड् चस्मा लगाउदा युनिक देखिएको फिल हुन्छ, समरमा कुल देखिन्छ र हरेक लुगामा सुहाउने हुनाले मिरोरेड् चस्मा लगाउँछु । ’

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App