coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जिप कम्पास नेपाल आउँदै

काठमाडौं– जिप इन्डियाले उत्पादन गरेको ‘जिप कम्पास’ एक वर्ष नहुँदै भारतमा  २५ हजार थान बिक्री भएको छ । यो जिप नेपालमा पनि चाँडै ल्याउन लागिएको छ । जिपलाई फियाट्को आधिकारिक बिक्रेता लाइफ अटोमोबाइलले नेपाल ल्याउन लागेको हो।

कम्पनीका अनुसार यो जिप जापान, बेलायत, अस्ट्रेलिया जस्ता मुलुकमा पाँच हजार थान निर्यात भइसकेको छ । कम्पनीका अनुसार जिप कम्पास पछिल्लो समय सबैभन्दा बढी अवार्ड पाउने एसयुभी बनेको छ । भारतमा सार्वजनिक भएयता यसले २६ वटा अवार्ड पाएको छ । कम्पासलाई ६५ प्रतिशत स्थानीयकरण गरेर महाराष्ट्र रञ्जनगाउँस्थित एफसिए इन्डियाको फेसिलिटीमा निर्माण गरिएको हो।

कम्पनीका अनुसार जिप कम्पास धेरै किसिममा उपलब्ध छन् । यसको कम्पास १.४ लिटरको टर्बोचाज्र्ड पेट्रोल इन्जिन र २.० लिटरको डिजेल इन्जिनमा उपलब्ध छ । दुवै इन्जिन अप्सनमा ६–स्पिडको म्यानुअल ट्रान्समिसन छ । पेट्रोल इन्जिनमा अटोमेटिक ७–स्पिड डुअल क्लच ट्रान्समिसन पनि उपलब्ध छ । यस्तै, कम्पास डिजेल इन्जिनमा ४ बाई ४ अप्सनमा पनि उपलब्ध छ।

पछिल्लो समय जिप ब्रान्ड संसारभर लोकप्रिय बन्दै आएको छ । तुलनात्मक रुपमा कम मूल्य तोकिएका कारण कम्पास भारतमा मध्यम वर्गको पहुँचमा पुग्न सकेको हो । यसको टप एन्ड भेरियन्टमा ६ एयरब्याग, एबिएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिलहोल्ड, ‘स्नो, स्यान्ड, मड र अटोमेटिक मोड’ सहितको फोर ह्विल ड्राइभ सिस्टम छ।

कम्पासमा लेदर सिट, एन्ड्रोइड अटो र एप्पल कारप्ले भएको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र पावरफुल स्पिकर सिस्टम छ । कम्पास सेग्मेन्टकै सबैभन्दा पावरफुल कार हो । नेपालमा आएपछि यसले छोटो समयमा बजार लिने कम्पनीको विश्वास लिएको छ।

प्रकाशित: १८ असार २०७५ ०१:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App