८ वैशाख २०८१ शनिबार
खेल

रोडरिग्वेजलाई समस्या

काजान – इङ्ल्यान्डविरुद्धको खेलमा दायाँ पिँडुलामा चोट लागेका कोलम्बियाका हामेस रोडरिग्वेजले शनिबारको अभ्यास गुमाएका छन् । चोट लागेका रोडरिग्वेजको परीक्षण गर्दा दायाँ पिँडुला सामान्य सुन्निएको देखिएको छ।

विश्वकप २०१४ का सर्वाधिक गोलकर्ता हामेस रूस विश्वकपको सुरुआती खेलबाट घाइते हुँदा तनावमा छन् । कोलम्बिया फुटबल संघले २६ वर्षे मिडफिल्डर रोडरिग्वेजको पिँडुला नच्यातिएको विज्ञप्ति जारी गरेको छ।

सेनेगलविरुद्ध बिहीबार भएको समूहचरणको खेलमा रोडरिग्वेजले चोटका कारण ३१औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । तर उनको घाइते अवस्थाबारे टोलीले औपचारिक धारणा सार्वजनिक गरेको छैन । दक्षिण अमेरिकी टोली कोलम्बियाले मंगलबार इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ।

‘हामेस नेता हुन् । यदि हामेस उपस्थित भएनन् भने उनको ठाउँमा अन्य खेलाडी आउनेछन् र फरक खेल देखाउनेछन्’ कोलम्बियाका मिडफिल्डर कार्लोस सान्चेजले भने, ‘सबै खेलाडी खेल्नका लागि सक्षम छन् र सबैसँग अनुभव छ।’

रोडरिग्वेजको टोली कोलम्बियाले समूहचरणको पहिलो खेलमा जापानसँग २–१ ले स्तब्ध भएको थियो । स्वस्थ हुँदै दोस्रो खेलमा पूरै ९० मिनेट खेलेका रोडरिग्वेजको टोलीले पोल्यान्डविरुद्धको खेलमा ३–० को जित हात पारेको थियो ।
मंगलबार इङ्ल्यान्डको सामना गर्दा रोडरिग्वेजको चोट प्रशिक्षक जोसे पेकरम्यानको टाउको दुखाइ बनेको छ।

 

प्रकाशित: १७ असार २०७५ १९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App