coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पहिलो हाफमा डेनमार्क र क्रोएसियाको बराबरी

काठमाडौं - खेल सुरु भएको पहिलो मिनटमानै गोल गर्दै उत्कृष्ट सुरुवात गरेको डेनमार्क पहिलो हाफको खेल सकिँदा क्रोएसियासँग बराबरीमा रोकिएको छ।

थोमस डिलानीको पासमा जोर्गेनसेनले उत्कृष्ट गोल गर्दा डेनमार्कले बलियो क्रोएसियामाथि खेलको पहिलो मिनेटमै अग्रता बनाएको थियो। तर डेनमार्कले बनाएको अग्रता धेरै बेर टिक्न सकेन। डेनमार्कले गोल गरेलगत्तै आक्रामक बनेको क्रोएसियाले खेलको चौथौ मिनेटमै बराबरी गोल गर्यो। क्रोएसियाकालागि मारियो मान्जुकिकले डि बक्सभित्रबाट प्रहार गरेको बलले गोल पोष्टको जाली चुम्न पुग्यो। त्यसपछि पहिलो हाफको खेल सकिन सम्म दुवै टोलीका तर्फबाट गोलकालागि भएका प्रयास सफल हुन नसक्दा पहिलो हाफको खेल एक एकको बराबरीमा सकिएको हो।

यो खेलको विजेताले क्वार्टरफाइनलमा आयोजक रुसको सामना गर्नेछ।  

 

प्रकाशित: १७ असार २०७५ १८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App