coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अध्यक्ष दाहाल स्वदेश फिर्ता

काठमाडौं- पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर जानुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल  अाइतबार साँझ स्वदेश फर्किएका छन्।

यही असार ३ गते पत्नी सीताको उपचारका लागि त्यसतर्फ प्रस्थान गरेका अध्यक्ष दाहाल पत्नीको स्वास्थ्यमा सुधार आएपछि स्वदेश फर्केका हुन। ‘वाटर थेरापी’ र चिकित्सकको सुझावअनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको बताइएको छ। 

चिकित्सकको सुझावअनुसार सीताको थप उपचारका लागि उनी सिंगापुर गएका थिए। चिकित्सकले सिंगापुरको एमटी एलिजाबेथ अस्पतालमा सीताको उपचार गराउन सुझाव दिएका थिए। 

अध्यक्ष दाहाललाई स्वागत गर्न नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव, नेत्री पम्फा भुसाल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

प्रकाशित: १७ असार २०७५ १६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App