निर्धारित समयमा विजेताको टुंगो लागेन, अहिले अतिरिक्त समयकाे खेल चल्दै

आइतबार, १७ असार २०७५, २१ : ४५ नागरिक

रूस – विश्वकप फुटबल अन्र्तगत प्रि क्वाटरफाइनलको तेस्रो खेलमा आयोजक राष्ट्र रूस र स्पेनले निर्धारित ९० मिनेटको खेलमा एक–एक गोलको बराबरी खेलेका छन्।

खेल बराबरीमा सकिएपछि अहिले अतिरिक्त ३० मिनेटको समय थपिएको छ। पहिलो हाफमा दुवै टोलीले एक–एक गोल गरेपनि दोस्रो हाफमा भने गोल गर्न सकेनन्। समारा एरिना रंगशालामा जारी खेलमा आर्टेम ज्युबाले ४१ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि आयोजक राष्ट्र रूसले स्पेनलाई बराबरीमा रोकेको हो।

स्पेनका डिफेन्डर जेरार्ड पिकेले डि बक्समा हातले बल छोएपछि पाएको पेनाल्टीमा उनले गोल गरेका हुन्। त्यसअघि खेलको १२ औं मिनेटमा सर्गेइ इग्नासहिभिचले आत्मघाति गोल गरेपछि स्पेनले खेलमा अग्रता बनाएको थियो।

पहिलो खेलमा पोर्चुगलसँग ३–३ बराबरी खेलेको स्पेनले दोस्रो खेलमा इरानमाथि १–० को संघर्षपूर्ण जित हात पारेको थियो। समूहचरणको अन्तिम खेलमा इयागो आसपसले अन्तिम समयमा गरेको गोलमा मोरक्कोसँग २–२ को बराबरी खेल्दै स्पेनले समूह ‘बी’ को विजेताका रूपमा अन्तिम १६ प्रवेश गरेको थियो ।

यता समूह चरणको पहिलो खेलमा साउदी अरेबियामाथि ५–० को प्रभावशाली नतिजा निकालेको रूसले दोस्रो खेलमा इजिप्टमाथि ३–१ को सहज जितका साथ नकआउटमा स्थान पक्का गरेको थियो।

तेस्रो खेलमा भने समूहविजेताका लागि उरुग्वेविरुद्धको खेलमा भने रूस ३–० ले पराजित भएको थियो। सोभियत युगको अन्त्यपछि रूस समूहचरणबाट माथि उठेको यो पहिलो पटक हो। 

 








यसमा तपाईको मत

अन्य समाचार

डिशहोमले एसईई तयारी कक्षा प्रसारण गर्ने

डिशहोमले एसईई तयारी कक्षा प्रसारण गर्ने

डिशहोमले एसईई दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि एसईई तयारी कक्षा प्रसारण गर्ने भएको छ । ...

नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन

नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन

नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन सम्पन्न भएको छ । ...

नयाँ रोयल इनफिल्ड बजारमा

नयाँ रोयल इनफिल्ड बजारमा

नेपालका लागि रोयल इनफिल्ड बाइकको बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले उक्त बाइकको क्लासिक ३५० सिसी डुअलच्यानल एबिएस सहितको बिएस४ सार्वजनिक गरेको...

प्रभु लाइफको वार्षिकोत्सव

प्रभु लाइफको वार्षिकोत्सव

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । ...

एसबिआई बैंकको साधारण सभा

एसबिआई बैंकको साधारण सभा

नेपाल एसबिआई बैंकको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

नेपाल एयरलाइन्स मार्चबाट नारिता र ग्वान्जाउ उड्ने

नेपाल एयरलाइन्स मार्चबाट नारिता र ग्वान्जाउ उड्ने

नेपाल वायुसेवा निगमले थप दुई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने भएको छ । ...

नेसनल माइक्रोफाइनान्सको लाभांश पारित

नेसनल माइक्रोफाइनान्सको लाभांश पारित

नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले २० करोड ६२ लाख ९१ हजार रुपैयाँ नाफा गरेको छ । ...

नाडामा दुलाल अध्यक्ष

नाडामा दुलाल अध्यक्ष

नाडा आटोमोबाइल एसोसिएसन अफ नेपालमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल अध्यक्ष चुनिने पक्का भएको छ । ...

Ncell Footer Ad