७ वैशाख २०८१ शुक्रबार
खेल

विश्वकप फुटबल : स्पेन र रूसको पहिलो हाफ एक–एकको बराबरीमा

रूस – विश्वकप फुटबल अन्र्तगत प्रि क्वाटरफाइनलको तेस्रो खेलमा आयोजक राष्ट्र रूसले पहिलो हाफमा स्पेनलाई एक–एकको बराबरीमा रोकेको छ।

समारा एरिना रंगशालामा जारी खेलमा आर्टेम ज्युबाले ४१ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि आयोजक राष्ट्र रूसले स्पेनलाई बराबरीमा रोकेको हो। स्पेनका डिफेन्डर जेरार्ड पिकेले डि बक्समा हातले बल छोएपछि पाएको पेनाल्टीमा उनले गोल गरेका हुन्।

त्यसअघि खेलको १२ औं मिनेटमा सर्गेइ इग्नासहिभिचले आत्मघाति गोल गरेपछि स्पेनले खेलमा अग्रता बनाएको थियो। पहिलो खेलमा पोर्चुगलसँग ३–३ बराबरी खेलेको स्पेनले दोस्रो खेलमा इरानमाथि १–० को संघर्षपूर्ण जित हात पारेको थियो। समूहचरणको अन्तिम खेलमा इयागो आसपसले अन्तिम समयमा गरेको गोलमा मोरक्कोसँग २–२ को बराबरी खेल्दै स्पेनले समूह ‘बी’ को विजेताका रूपमा अन्तिम १६ प्रवेश गरेको थियो ।

यता समूह चरणको पहिलो खेलमा साउदी अरेबियामाथि ५–० को प्रभावशाली नतिजा निकालेको रूसले दोस्रो खेलमा इजिप्टमाथि ३–१ को सहज जितका साथ नकआउटमा स्थान पक्का गरेको थियो।

तेस्रो खेलमा भने समूहविजेताका लागि उरुग्वेविरुद्धको खेलमा भने रूस ३–० ले पराजित भएको थियो। सोभियत युगको अन्त्यपछि रूस समूहचरणबाट माथि उठेको यो पहिलो पटक हो।

प्रकाशित: १७ असार २०७५ १४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App