coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रहरीले नागढुंगाबाट फेरि समात्यो ६ किलो सुन

काठमाडौं– प्रहरीले काठमाडौंको नागढुंगाबाट ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन कुमार थापाका अनुसार विशेष सूचनाको आधारमा आइतबार साँझ ७ बजे नागढुंगामा चेकजाँचका क्रममा ६ किलो सुन बरामद गरेको हो। पक्राउ परेका व्यक्तिको नाम खुलाइएको छैन्।

यसअघि शनिबार मात्रै प्रहरीले नागढुंगाबाटै कारको एयर फिल्टर बक्समा लुकाएर लैजान लागिएको  ३ किलो सुनसहित २ जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेकाको वयानका आधारमा थप ३ जनालाई नियन्त्रणमा लिई प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। नियन्त्रणमा लिएका व्यक्तिमाथिको अनुसन्धानबाट उनीहरु सुन लिन भारतबाट काठमाडौं आएको र सुन लिएर फर्किने क्रममा नागढुंगामा पक्राउ परेका थिए। 

प्रकाशित: १७ असार २०७५ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App