७ वैशाख २०८१ शुक्रबार
राजनीति

नगरपालिकाले दिन थाले सार्वजनिक बिदा, दिक्तेलमा सोमबार बिदा

खोटाङ– नगर दिवसको अवसरमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ। प्रथम नगर दिवसको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको हो।

संविधानको अनुसूची ८ अनुसार नगरपालिकाको मातहतमा रहेका २२ वटा कार्यालयलाई प्रथम नगर दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। बिदाका दिन प्रशासन, सुरक्षा अंग र बैंक बाहेकका सरकारी कार्यालय तथा शैक्षिक संस्थालाई बिदा दिइएको मेयर दिपनारायण रिजालले बताए। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सोमबार बिभिन्न कार्यक्रम गर्दै प्रथम नगर दिबस मनाउने तयारी गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा प्रथम नगर स्तम्भ अनावरणपछि दिक्तेलमा विविध कार्यक्रम गर्दै दिवस मनाइने मेयर रिजालले बताए। 

दिवसको अवरमा नगर गीत, नगर स्मारिका र नगरपालिकाभित्र ‘एक घर, एक विरुवा’को अवधारणा अनुसार दिक्तेलबजारमा एक घर दुई विरुवा रोपिने नगरपालिकाले जनाएको छ। नगर दिवस कार्यक्रममा नगरपालिकाभित्रका सबै क्षेत्रलाई समेटेर एक जनालाई नगद १ लाख राशीको पुरस्कार तथा नगरभित्रका बर्ष उत्कृष्ट निजामती कर्मचारी र बर्ष उत्कृष्ट शिक्षकलाई ५०/५० हजार नगदका साथमा सम्मान गरिने मेयर रिजालले बताए। यस्तै, २०७४ सालको एसईईमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय र छात्र/छात्रालाई नगदसहित सम्मान गर्ने तयारी गरिएको छ। 

नगरपालिकाले दिवसकै दिन ५० हजार राशीको ‘पत्रकारिता विकास पुरस्कार’ पनि घोषणा गर्ने जनाएको छ। 

प्रकाशित: १७ असार २०७५ १३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App