८ वैशाख २०८१ शनिबार
समाज

२२ किलो चरेस सहित तीन पक्राउ

कपिलवस्तु- प्रहरीले २२ किलो चरेस सहित तीन जनालाई पक्राउ गरेको छ। प्रदेश नं. ५ को प्रहरी अनुसन्धान समूहको टोली तथा वडा प्रहरी कार्यालय चन्द्रौटाको संयुक्त टोलीले २२ किलो चरेस सहित ३ जनालाई पक्राउ गरेको हो। शनिबार राती ११ बजे टोलीले शिवराज नगरपालिका १ उमरी चोकमा विशेष सुराकीको आधारमा चेकजाँच गर्दा रा ३ प २३४३ नम्बरको मोटरसाइकलमा सवार ३ जनाको झोलाबाट ५५ पोकामा चरेस भेटिएको थियो।

 पक्राउ पर्नेमा रोल्पा थवाङ्ग घर भई उमरी बस्दै आएका राश कुमार रोका, दाङ्ग तुल्सीपुरका आषिस खड्का र किरण प्रकाश बम रहेका छन्। पक्राउ तीनै जनालाई लागूऔषध कारोबार ऐन अन्तर्गत मुद्दा चलाईने प्रहरी उपरीक्षक मनोज यादवले जानकारी दिए।

अवैध हतियार सहित पक्राउ

 यसै गरि अवैध हतियार लिएर  हिडेका २ जनालाई समेत प्रहरीले पक्राउ गरेका छ। कपिलवस्तु नगरपालिका ११ जहदीका ३२ बर्षिय मुन्नु भन्ने मतिष्वर अहिर र १९ बर्षका नन्दकिशोर यादवलाई रिभल्वर सहित पक्राउ गरिएको जनाएको छ । यसै गरि अवैध हथियार लिएर तर्साउदै हिडेका २ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ। लु २३ प ८८३ नम्बरको मोटरसाईलमा सवार भई तौलिहादेखि जहदी जानेक्रममा दुबै जना पक्राउ परेका थिए। उनीहरुलाई संगठित अपराध, अवैध हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा दर्ता गरिने प्रहरी उपरीक्षक मनोज यादवले बताए। पक्राउ परेकाहरुलाई प्रहरी कार्यालयमा चरेस र हतियार सहित सार्बजनिक गरिएको छ।

 

प्रकाशित: १७ असार २०७५ १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App