८ वैशाख २०८१ शनिबार
ब्लग

किसानले धानको विउको माला लगाउँदैनन्

झण्डै दुई बर्ष अगाडी पाँचथर सदरमुकाम फिदिममा आयोजना भएको एक कार्यक्रममा राष्ट्रिय कृषक  समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले राखेको धारणाले धेरैको मन छोयो। प्रसंग निक्कै रोचक थियो। ‘हामी स्कुल पढ्दा पुस्तकमा वकिल भनेको ठाँउमा कोटपेन्ट, टोपि र व्याग बोकेको चिटिक्क परेको फोटो हुन्थ्यो। डाक्टर भनेको ठाँउमा सेतो कपडामा घाटीमा उपचार गर्ने यन्त्र झुण्डाएको फोटो हुन्थ्यो । इन्जीनियरको उस्तै। शिक्षक चिटिक्क परेर हातमा किताव बोकेर हिडिरहेको देखिन्थ्यो। किसानको चै फाटेको टोपीमा कपाल निस्किरहेको, सुरुवाल फाटेर घुडा निस्किएको। अहिले पनि यस्तै छ । वाल मनोविज्ञानमा कस्तो असर पार्छ अनी? कृषकको यसरी अपमान हुन्छ’– पोखरेलको यस किसिमको तर्कले सहभागिको मन छोयोनै।

हुनपनि सानो नानीहरुलाई पढेर के बन्ने भन्दा कसैले पनि किसान बन्छु भन्दैन । कृषि प्राविधिक बन्छु भन्ने पनि भेटिदैन । खेतवारी बाझै हुदैछन् । कृषि क्षेत्र यसैपनि उपेक्षित छ । बाबु खेतमा काम गर्ने मान्छे नपाएर हैरान हुन्छ भने छोरो रोजगारी नपाएर तड्पीरहेकै अवस्था छ। कृषिक्षेत्रलाई हेर्ने दृष्ट्रिकोण प्रष्ट  छैन। खेतीपाती गर्छु भन्दा ओठ ल्याप्राउने सहरीयाहरु असार–१५ गतेको दिन खेतका गरामा गएर हिलो खेलेको मज्जाले देखिएयो। असार १५ गते धान दिवसको वाहानामा किसानाका खेतमा गएर गरीएका कृयकलापले किसानहरुको अपमान गरेको भान हुन्छन्। जसरी सामाजिक सञ्जालनमा तश्वीरहरु पोष्ट भईरहेका छन् । किसानको रोपाईमा यस्तो अराजक कहिल्यै हुँदैन। समाजिक सञ्जालमा प्रस्तुत भएका लज्जाबोध गराउने तश्विर झै किसानका खेतमा यस्तो हुँदैन। यस्तो उपट्याङ, अराजकता, लज्जाहिनता कुनै किसानाको खेतमा पनि हुँदैन। फुर्सदपनि कहाँ हुन्छ र ?

हुनपनि सानो नानीहरुलाई पढेर के बन्ने भन्दा कसैले पनि किसान बन्छु भन्दैन । कृषि प्राविधिक बन्छु भन्ने पनि भेटिदैन । खेतवारी बाझै हुदैछन् । कृषि क्षेत्र यसैपनि उपेक्षित छ । बाबु खेतमा काम गर्ने मान्छे नपाएर हैरान हुन्छ भने छोरो रोजगारी नपाएर तड्पीरहेकै अवस्था छ।

किसानहरु धानको विउको माला लगाउँदैनन। बरु केहि मुठ्ठा धानको विउँ सिमेभुमेलाई पुजा गरी धानखेती फस्टाईदिन कामना गर्छन ।  यो माला लगाउने सरकारी कर्मचारी, एनजिओ र किसान नभएपनि किसानाको नाममा खोलिएका संस्था, सहकारी र समुहका नेतृत्वले सृजना गरेको अर्को नौटङ्कि मात्र हो। ‘नेपालीको शान, खेतमा प्लटिं, घाँटिमा धान’ सामाजिक सञ्जालमा चर्चित यो भनाई निर्मम सत्य हो।  यसले किसानालाई के दिन्छ ? सरकारी कर्मचारी, नेतागणहरु, केहि कलाकार तथा सहरीया युवायुवतीको अराजकता खेतका गराहरुमा छल्किएको देखिन्थ्यो। फोटो खिच्न उद्यत देखिन्थे। जम्मा एउटा गरामा धान रोपिएको थियो। तस्बिरहरु, फूर्तीफार्ति देख्ता देशका आधी स्थानमा रोपाई सकियो भन्ने भान हुन्छ । खेत जोत्ने, दादे चलाउने, बाउसे गर्ने, रोपाई गर्ने आफ्नै तरीका हुन्छ । त्यसरी हिलोमा जथाभावी गर्दै उफ्रिने फुसर्द किसानहरुलाई पटक्कै छैन। नेपाली किसानहरु इमान्दार, सोझा र सालिन किसिमका छन्। खेतका गराहरुमा देखिएको अराजकताले किसानको अपमान हुदैन? किसानहरुलाई धान दिवसको नाममा गरीएको रोपाई जात्राले के उपलब्धि हासिल हुन्छ ? केहि बर्ष अघि मन्त्रिको हर्कत निक्कै अपमान जन्य थियो । यसपालीका गतिविधि कहाँ गतिला छन् । एकदिन रोपाईका नाममा रमाएर किसानहरुलाई के फाईदा पुग्छ ? लाग्छ यो दिवस रमाईलो गर्नमात्र बनाईएको हो।

मलाई राम्रोसँग सम्झना छ। रोपाईमा यस्तो अराजगता हुदैन्। मैजारोको दिन विउ फ्याक्दा, फ्याउरी लगाउँदा नजानिदो गरी बाहुसेले रोपारलाई भिजाउँछन्। धानको बिउ टटक्याउने क्रममा वाहुसेलाई भिजाउँछन् । मैजारोको दिन पुरुष पुरुषहरु, महिला–महिलाहरु अली अली हिलोमा रमाउने गर्छ । अग्रजहरुका अनुसार पहिला बेठि लगाउने चलन थियो । बजागाजा बजाईन्थ्यो । असारे भाका हालेर गीत गाँउदै रोपारहरु रोप्थे । पुरुष–महिलाले एक अर्कालाई सम्मान गर्दै रमाउँथे । बेठि लागाउने चलन नामेट भयो।  यो अराजक चलन कहाँबाट आयो ? खेतहरु बाझै छन्। यसपाली समयमा पानी नपरेर पहाडी जिल्लामा छिटो रोपाईहुन सकेन। तराईमा उत्पादन हुने ठाँउमा प्लटिङ फस्टाएको छ। जनशक्ति विदेशमा छ । चालु आर्थिक बर्षको दश महिनामा  साढे २९ अर्व चामल आयत भएको छ। नेपालमबाट चामल निर्यात हुन्थ्यो भने इतिहास छ तर धेरैलाई होईन जस्तो लाग्नथालि सक्यो । धान धेरै उत्पादन हुने तराईमा उत्पादिन धानको दाम राम्रो आउँदैन । बरु पहाडमा भारतबाट आएको चामल छ्यापछ्याप्ती हुन्छ । रोग किराको उस्तै सास्ती हुन्छ । रमाईलो गर्ने वाहाना बनाईएको धान दिवसमा देशभरी देखिएको एकता र उत्साहा कृषि क्षेत्रको विकासमा किन एक जुट हुन सक्दैन?

असार–१५ गते दहिचिउरा खाने दिनको रुपमा प्रचलित छ । पुर्खाहरुले बनाएको । यहि दिनले कृषिलाई उच्चतम सम्मान गरेको पाईन्छ । जेठ देखि साउनसम्म भुगोल अनुसार रोपाई हुने गर्छ । सरकारले धान दिवस मनाउनका लागि पैसा छुट्याएको छ । यहि पैसामा नेता, कर्मचारी, अगुवा, युवा युवतीहरुको रमाईलो देखिन्छ । विभिन्न क्षेत्रको लाखौँ बजेट छ । कृषिको बजेट सडकमा लगाउन पछि नपर्ने स्थानीय सरकाले यो दिवस मनाउन बजेटनै छुट्याएको छ । तर यो दिवसले किसानलाई के दिन्छ ? मूल्य, श्रमीक, मलविउ, कृषि अनुदान नहुदा किसानहरुमा निरासा छ। कृषक प्रतिको सरकारी नीति मालिक मैत्री जस्तो भान हुन्छ। यहि बेला सस्तो लोकप्रियतामा यस्तो आशक्ति किन ? किसानको माटोसँग अनोन्याश्रीत सम्बन्ध रहेको छ । अहिले मनाईएको धान दिवस र रोपाईहरुमा मौलिकता पटक्कै देखिदैन । किसानलाई माटो सुगन्ध राम्रोसँग थाहा छ । हिलोसँग घिनाउनेहरुलाई एक दिन रमाइलो उत्सव हुन गर्छ। यो उत्सवले किसानलाई के राहत दिन्छ ? बरु हुदै नभएका क्रियकलाम गरेर किसानहरुको अपमानमात्र गरीएको देख्छु । यहि जनशक्ति साच्चै किसानका खेतमा खटिने हो भने जनशक्ति अभाव भएका बेला कतिओटा रोपाई हुन्थ्यो होला ?  एकदिने, एकगरामा रोपाई गर्ने चलनले किसानको हित गर्दैन । यो उत्सवले किसानलाई राहत पुग्दैन । मनोरञ्जन गर्ने तरीका, शैलिहुन्छन । यसप्रकारका कथित दिवस मनाउएबापतको उपलब्धि के हुन्छ कसैले बताइदिए हुन्थ्यो । सस्तो लोकप्रियता तथा सस्तो प्रचारवाजीतको अन्त किन नगर्ने?

प्रकाशित: १७ असार २०७५ १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App