७ वैशाख २०८१ शुक्रबार
राजनीति

डा. केसीलाई कैदीकै व्यवहार गरेको भन्दै चिकित्सक संघको आपत्ती

जुम्ला- नेपाल चिकित्सक संघ शाखा कार्यालय कर्णाली जुम्लाले नेपालको चिकित्सा शिक्षा,र गुणस्तरिय स्वास्थ्य सेवाका अभियान्ता डा गोविन्द केसी सत्याग्रहमा बस्ने तयारी गरिरहेको बेला पक्राउ गरेको भन्दै आप्ति प्रकट गरेको छ। एक प्रेश विज्ञाप्ती जारी गर्दै नेपाल चिकित्सक संघले जनदवावका कारण हिरासतवाट निकालेको भएपनि खेलकुद विकास समितीको कार्यालय जुम्लाको कभर्डहलमा कैदी सरहकै अवस्थामा राखेको भन्दै खेद प्रकट गरेकोछ। स्वास्थ्य क्षेत्रको समृद्धिको सपना वोकेर गरिएको प्राध्यापक डा. केसीको अनशनलाई सहयोग गर्न माग गरिएको छ।

उपाध्यक्ष डा. प्रविणकुमार गिरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा स्थानीय प्रशासनले असहयोग गरेकै कारण अनशन स्थलमा स्वास्थ्य परीक्षणको लागि साधनस्रोत लिन असहज भईरहेको उल्लेख गरिएको छ। चिकित्सक संघले तत्काल सुरक्षित स्थानमा लगेर डा. केसीको जीवन रक्षाको लागि पहल गरिदिनको लागि जोड्दार माग गरेको छ। यथासिघ्र सुरक्षित स्थानमा स्तान्तरण नगरिएको खण्डमा देशभरका चिकित्सकहरु कडाभन्दा कडा आन्दोलनमा उत्रन वाध्य हुने चेतावनी दिएका छन्।

प्रकाशित: १७ असार २०७५ ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App