८ वैशाख २०८१ शनिबार
समाज

वैकल्पिक विमानस्थलको विरोधमा नारायणपुरवासी

तुलसीपुर – सरकारले दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने नीति अघि सारेको भन्दै नारायणपुरवासी आन्दोलित बनेका छन्।

सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने कुरा समावेश गरेको छ। तुलसीपुरमा विमानस्थल हुँदाहुँदै वैकल्पिक विमानस्थलको खोजी गर्नु उचित नभएको उनीहरुको भनाइ छ। तुलसीपुरको टरिगाउँ विमानस्थललाई स्तरवृद्धि गरी हवाई सेवा नियमित बनाउनुपर्ने ठाउँमा वैकल्पिक विमानस्थल बनाउने नीति अगाडि बढाउनु औचित्यपूर्ण नभएको उनीहरुको भनाइ छ। उनीहरुले वैकल्पिक विमानस्थल निर्माणका लागि जग्गा नदिने समेत बताएका छन्। रासस

प्रकाशित: १७ असार २०७५ ०६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App