काठमाडाैं - दुई दिनअघिको नतिजा अनुसार भाषा परीक्षामा उत्तीर्ण भएकै कारण कोरिया उड्ने सपना देख्नुभएको छ? त्यसो हो भने पख्नुस् है। भाषा परीक्षा उत्तीर्ण गरेपछि पनि तपाईंले कोरिया जानका लागि गर्नुपर्ने थुप्रै प्रक्रिया बाँकी छन्।
विभिन्न प्रक्रिया पूरा गर्न नसक्दा भाषा परीक्षा उत्तीर्ण गरेका करिब २० हजार (यसपटकको नतिजासहित) युवायुवती कोरिया जान पाएका छैनन् । कोरियन रोजगारदाताको छनोटमा नपर्दा उनीहरूको कोरिया जाने सपना पूरा हुन नसकिरहेको हो।
ठूलो रकम र समय खर्चेर राजधानीमा कोरियन भाषा सिकेका युवायुवती कोरिया जान नपाएपछि निराश भएका छन् । चार वर्षअघि भाषा परीक्षा उत्तीर्ण गरेका झापाका विष्णु आचार्यले कोरिया प्रलोभनमा पर्दा ठूलो रकम र समय नष्ट भएको गुनासो गरे । भाषा सिक्न ६० हजार रुपैयाँ खर्चेका र एक वर्ष लगाएका आचार्यले अन्तिम समयमा उताबाट बोलावट नहुँदा कोरिया जान नपाएको गुनासो गरे । ‘पहिला लिइएको भाषा परीक्षामा उत्तीर्ण भएका सबै नउडेसम्म अर्को भाषा परीक्षा सञ्चालन नगर्नुपर्नेमा सरकारी कर्मचारी चासो नै दिँदैनन्,’ उनले गुनासो गरे, ‘कोरियनले जे भन्छन् । त्यही मान्दा कैयौं बेरोजगारको बिचल्ली भइरहेको छ।’
गर्दै आएको जागिर, व्यवसाय तथा अध्ययन छाडी भाषा सिकेर कोरिया जाने एक सूत्रीय अभियानमा लागेका युवायुवती अन्तिम समयमा छनोटमा पर्न नसकेपछि धोका भएको भन्दै विभिन्न निकायमा गुहार मागिरहेका भेटिन्छन् । ‘कोरिया जानका लागि जिटुजी (दुबै देशको सरकारी निकाय) प्रक्रियाबाट छनोट गरिने भएकाले कमसेकम भाषा परीक्षा उत्तीर्ण भएकालाई जसरी पनि उड्न पाउने व्यवस्था हुनुपर्ने हो,’ चार वर्षअघि नै भाषा परीक्षा उत्तीर्ण गरेका विराटनगरका अवध कार्कीले भने, ‘कोरिया जाने भनेर राजधानी आइयो । भाषा परीक्षा पनि उत्तीर्ण भइयो । तर, अन्तिम समयमा उताबाट बोलावट भएन । अब कसरी घर फर्कने?’
कोरियामा गएर कमाइ गरेपछि मात्र बिहे गर्ने योजना बनाएको बताउने कार्कीले अब बिहे गर्ने मुडसमेत नभएको गुनासो गरे । इपिएस कोरिया शाखाका अनुसार सन् २००८ देखि हालसम्म ७० हजार चार सय ६९ ले कोरियन भाषा परीक्षा उत्तीर्ण गरे पनि ५० हजार चार सय २४ मात्र उड्न सकेका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारी भाषा परीक्षा उत्तीर्ण गरेपछि स्वास्थ्य परीक्षणमा सफल हुनुपर्ने र फौजदारी अभियोग नलागेको प्रहरी रिपोर्ट आवश्यक पर्ने बताउँछन् । ‘यीबाहेक भाषा परीक्षा उत्तीर्ण भएकालाई कोरियन रोजगारदाताले नबोलाएसम्म कोही पनि जान पाउँदैनन्,’ उनले भने, ‘त्यसैले हामीले भाषा परीक्षा उत्तीर्ण गर्नु कोरिया जाने ग्यारेन्टी होइन भन्ने गरेका छौं।’
भाषा परीक्षा लिनेदेखि लिएर कापी जाँच्ने र कामदार बोलाउनेसम्मका सबै काम कोरियन अधिकारी र रोजगारदाताले नै गर्छन् । भाषा परीक्षा उत्तीर्ण भएकाको नाम कोेरियाको मानव संशाधन विभागले रोस्टरमा प्रकाशित गरेपछि मात्र त्यहाँका रोजगारदाताले नेपालबाट कामदार बोलाउने अहिलेको प्रचलन हो । भण्डारीले भने, ‘भाषा परीक्षामा सफल भएकालाई पनि चित्त नबुझे कोरियन रोजगारदाताले नबोलाउन सक्छन्।’
कोरियन रोजगारदाताले नेपाली कामदार बोलाउँदा त्यस्ता व्यक्तिले गर्ने कामको सैद्धान्तिक र प्रयोगात्मक सीप परीक्षण गर्ने व्यवस्था मिलाइएको हुन्छ । भण्डारीका अनुसार रोजगारदाताले चाहने हो भने कामदारले नेपालमा सिकेको भाषा परीक्षाको ज्ञान मात्र नभई सम्बन्धित कामप्रति उसको प्रयोगात्मक ज्ञान पनि भिडियोमार्फत जान्ने व्यवस्था मिलाइएको हुन्छ।
कोरियन भाषा उत्तीर्ण गरेका व्यक्तिहरूलाई दुई वर्षसम्म कुनै पनि रोजगारदाताले नबोलाए त्यस्ता व्यक्तिको नाम रोस्टरबाट हट्ने गर्छ । ती व्यक्तिले कोरिया जान खोजे पुनः भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...
आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...
नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...
नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...
होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...
यसमा तपाईको मत