७ वैशाख २०८१ शुक्रबार
अर्थ

मारुती सिमेन्टको डिलर भेला

काठमाडौं – मारुती सिमेन्टले देशभरका बिक्रेताहरुलाई समावेश गर्दै डिलर भेला कार्यक्रम गरेको छ।

काठमाडौंमा भएको भेलामा ‘विश्वासको एक दशक’ नामक कार्यक्रममा आयोजना गरेको कम्पनीले जनाएको छ। भेलामा चार सय ५० भन्दा बढी डिलरका प्रतिनिधि सहभागी भएको जारी विज्ञप्तिमा उल्लेख छ।

सो अवसरमा उपत्यका क्षेत्र अन्तर्गत खुसी सप्लायर्स एन्ड इन्भेस्टमेन्ट, गण्डकी धौलागिरी क्षेत्र अन्तर्गत सिद्धार्थ ट्रेडिङ (पोखरा), नारायणी अञ्चल क्षेत्र अन्तर्गत उत्सव टे«डर्स (नारायणघाट), कोसीपूर्व क्षेत्र अन्तर्गत अमित सप्लायर्स (विराटनगर) र कोसी पश्चिम क्षेत्र अन्तर्गत जय भवानी जगदम्बा टे«डर्स (लहान) लाई उत्कृष्ट बिक्रेता पुरस्कारद्वारा सम्मान गरिएको थियो।

यसैगरी, भण्डारी सप्लायर्स (बर्दिवास) लाई उदीयमान बिक्रेता पुरस्कारद्वारा सम्मान गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १७ असार २०७५ ०४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App