७ वैशाख २०८१ शुक्रबार
समाज

चुरे र महाभारतबाट बग्ने नदी तटीय क्षेत्रका बासिन्दालार्इ सतर्क रहन आग्रह

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएकाले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै नदी आसपासका जनतालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

एक विज्ञप्ति जारी गर्दै जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रले चुरे र महाभारतबाट बग्ने नदीमा बाढीको उच्च सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।

आज गोरखा, धादिङ, लम्जुङ, कास्कीका केही स्थानहरूमा भारी बर्षाको संभावना भएकाले पहाडका साना तथा ठुला नदीहरूमा एक्कसी बाढी आउन सक्ने सम्भावना रहेको बताउँदै सतर्क रहन आग्रह गरेकाे हाे।

देशका कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकालीमा पनि बहाव बढ्दो क्रममा रहेकाले त्यस क्षेत्रका बासिन्दालार्इ समेत सतर्क रहन अाग्रह गरिएकाे छ। 

प्रकाशित: १७ असार २०७५ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App