लन्डन – एएफपीरुवा प्रणालीबाट अनुबन्ध गरेको छ । बितेको सिजनको अन्त्यमा युइङले इङ्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको स्वान्सी छोड्ने निर्णय गरेका थिए।
२९ वर्षे मिडफिल्डरले न्युक्यासलसँग दुई वर्षका लागि सम्झौता गरेका छन् । उनी टोलीले नयाँ सिजनका लागि भित्र्याएका दोस्रो खेलाडी हुन् । यसअघि न्युक्यासलले मार्टिन डुब्राभ्कालाई भित्र्याइसकेको छ।
‘न्युक्यासलसँग आबद्ध हुन पाएकोमा म खुसी छु । न्युक्यासलविरुद्ध खेल्न सेन्ट जेम्स पार्क आउँदा मलाई सधैं प्रेरणा मिल्ने गथ्र्यो । यहाँ जहिले पनि गज्जबको फुटबल माहोल पाउन सकिन्छ । समर्थकको फुटबल लगाब यहाँ असाधारण छ। समर्थकहरू खेलाडीलाई निक्कै साथ दिन्छन्,’ युइङले भने, ‘यो क्लब कति ठूलो हो भन्ने सबैलाई थाहा छ । न्युक्यासलका टिम सहयात्रीसँग समर्थकका लागि खेल्न म आतुर छु।’
युइङको कप्तानीमा दक्षिण कोरियाले रूस विश्वकपमा सहभागिता जनाएको थियो । तर चोटका कारण समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियाले साबिक विजेता जर्मनीमाथि २–० को जित निकाल्दा युइङ मैदानमा उपस्थित थिएनन् । एसियाली टिमसँग भोगेको त्यही हारका कारण जर्मनी पहिलो चरणबाटै बाहिरिएको थियो।
‘युइङलाई क्लबमा स्वागत गर्न पाउँदा म अत्यन्तै खुसी छु । उनी प्रिमियर लिग र अन्तर्राष्ट्रिय फुटबलमा अत्यन्तै अनुभवी खेलाडी हुन् । उनलाई यहाँ ल्याउने निर्णय हाम्रा लागि अत्यन्तै सजिलो निर्णय थियो,’ न्युक्यासलका प्रशिक्षक राफेल बेनिटेजले भने।
युइङले पाँच वर्षे स्वान्सी बसाइमा वेल्सको टोलीका लागि १ सय ६२ खेल खेल्दै १२ गोल गरेका थिए । २०१२–१३ को लिग कपमा स्वान्सीलाई उपाधि जिताउँदा उनको भूमिका महŒवपूर्ण थियो । स्वान्सीले क्लब इतिहासमै जितेको त्यो एक मात्र मुख्य उपाधि हो।
प्रकाशित: १६ असार २०७५ २०:१६ शनिबार