शंकास्पद भारतीय पक्राउ परेपछि सुरक्षा व्यवस्था कडा

शनिबार, १६ असार २०७५, २१ : ५९ नागरिक

चितवन- चितवन राष्ट्रिय निकुञ्जका दुई ठाउँबाट नौ जना भारतीय नागरिक शंकास्पद रुपमा पक्राउ परेपछि निकुञ्जभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ। 

वर्षाद्को समयमा चोरीशिकारी कम हुने भएकाले गस्ती कम गर्ने गरिन्थ्यो। तर यस वर्ष वर्षाद् शुरु भएसँगै गतसाता निकुञ्जको पश्चिमी सेक्टर ‘साईली माईली’मा सातजना भारतीय नागरिक पक्राउ परेका छन्। त्यसको केही दिनमै निकुञ्जको पूर्वी सेक्टर ‘सुनाचुरी’मा दुई जना भारतीय पक्राउ परेका हुन्। 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले ‘साईली माईली’मा पक्राउ परेकाहरुले बाटो बिराएर छिरेको जनाएको र सुनाचुरीमा माछा मार्दै गर्दा पक्राउ परेको भए पनि शंकास्पद देखिएकोले उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको बताए। 

ती क्षेत्रहरुमा हात्तीसहितको स्वीप अप्रेशन गर्ने काम भइरहेको उनले बताए। ती व्यक्तिको साथमा केही नभेटिए पनि उनीहरुले हातहतियार लुकाएको हुनसक्ने भन्दै पश्चिमी र पूर्वी सेक्टरमा दिनहुँजसो स्वीप अप्रेशन भइरहेको उनले बताए। 

‘साईली माईली’ भारतीय सीमा क्षेत्रमा रहेको वाल्मीकिनगरबाट झण्डै छ घण्टाको यात्रापछि मात्रै आइपुग्न सकिन्छ। ती व्यक्तिहरुले हराएको जनाए पनि यतिभित्र कसरी र कुन उद्देश्यसहित आइपुगे भन्ने बारे अनुसन्धान भइरहेको उनले बताए। ती व्यक्ति भारतको वाल्मीकि नगरका हुन्। पूर्वी सेक्टरमा पक्राउ परेका अवैधरुपमा माछा मार्दै गरेका भएकाले उनीहरुको गतिविधिका बारेमा पनि अनुसन्धान भइरहेको उनले बताए। 

पक्राउ परेकाहरुको बारेमा निकुञ्जले विस्तृत खुलाएको छैन। निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले गतवर्षमा असारदेखि भदौसम्म गस्ती कम हुने भए पनि यसवर्ष सुरक्षा चुनौती देखिएपछि हिउँदका महिना जस्तै गरी निकुञ्ज सुरक्षाका काम भइरहेको बताए।

निकुञ्जभित्र कतिपय ठाउँहरुमा वर्षातको समयमा गाडी नजाने भएपछि हात्ती र पैदल गस्तीलाई तीव्रता दिईएको छ। अर्यालका अनुसार मध्यवर्ती क्षेत्रमा भने गाडीको प्रयोग गरी निकुञ्ज पूरैलाई घेरामा राखेर गस्ती भइरहेको छ। 

विसं २०७३ साल चैत २६ गते यता निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा मारिएको छैन। तस्करको चलखेल हुनसक्ने भन्दै निकुञ्जले गस्तीलाई वर्षभरी नै तीव्रता दिँदै आएको छ। रासस








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad