८ वैशाख २०८१ शनिबार
समाज

करेन्ट लागेर एकै घरका दुईको मृत्यु

नेपालगन्ज– करेन्ट लाग्दा बाँकेमा एकै घरका दुई जनाको मृत्यु भएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ महिमानपुरमा शनिबार बिहान करिब ४ बजेतिर भएको उक्त घटनामा परी स्थानीय २४ वर्षका सुरेश चौधरी र ४२ बर्षिय टिकाराम चौधरीको मृत्यु भएको हो। उनीहरुलाई उपचारका लागि नेपालगन्ज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

मृतक दुबै जना एकै घरका रहेका प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा परी सोही गाउँका ३५ वर्षीय लिला शाही, कमला बुढाथोकी र दिनेश बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिए। 

घाइतेमध्ये लिलाको नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य २ जना कमला र दिनेश उपचार पश्चात घर फर्किसकेको प्रहरी निरीक्षक राठौरले बताए। गाउँ नजिकै रहेको ट्रान्सफर्मर पड्किँदा तार छुटेर करेन्ट लागेको हुन सक्ने प्रहरीले जनाएको छ। उक्त घटना पश्चात गाउँका अधिकांशको घरमा जडान गरिएका मिटर समेत जलेको बताइएको छ।

प्रकाशित: १६ असार २०७५ १५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App