७ वैशाख २०८१ शुक्रबार
खेल

विश्वकप फुटबल : फ्रान्स र अर्जेन्टिनाको पहिलो हाफ १–१ को बराबरीमा

रूस – विश्वकप फुटबलको पहिलो प्रि क्वाटरफाइनल खेलमा अर्जेन्टिना र फ्रान्सको खेल जारी छ। कजान एरिना रंगशालामा भइरहेको खेलमा पहिलो हाफ सकिदा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका छन्।

फ्रान्सका लागि १३ औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले गोल गरेका हुन्। अर्जेन्टिनाका डिफेन्डर मार्कस रोहोले फ्रान्सका किलियम एमबाप्पेलाई डि बक्समा लडाइपछि पाएको पेनाल्टीमा ग्रिजम्यानले गोल गरेका हुन्।

अर्जेन्टिनाका लागि एन्जल डि मारियाले ४१ औं मिनेटमा गोल गर्दै बराबरी गरेका हुन्। उनले ३० याड टाढाबाट गरेको बलले जाली चुमेपछि पहिलो हाफ १–१ को बराबरीमा टुंगीएको हो। पहिलो हाफमा दुवै टोलीले निकै राम्रो खेल खेलिरहेपनि अन्य गोल गर्न सकेका छैनन्।

९ औं मिनेटमा ग्रिजम्याले प्रहार गरेको फ्रिकिक पोस्टमा लागेर फकिएपछि फ्रान्सले अग्रता लिने मौका गुमाएको थियो। फ्रान्स समूह सी को विजेता र अर्जेन्टिना समूह डी को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका हुन्।

 

प्रकाशित: १६ असार २०७५ १४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App