coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार–३३ दलीय मोर्चाबीच वार्ता हुँदै

सरकार–विभिन्न माग राख्दै आन्दोलन गरिरहेको ३३ दलीय राष्ट्रिय मोर्चा र  सरकारबीच वार्ता हुँदैछ। बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने वार्तामा प्रधानमन्त्री स्वंय उपस्थित हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जनाए।
शोभराम थापा संयोजक रहेको मोर्चामा खासै अस्तित्वमा नरहेका स–साना ३३ समुह रहेका छन्। गठबन्धनका संयोजक थापाले संविधानमा आफूहरुले पनि स्वामत्वि ग्रहण गर्न पाउनुपर्नेलगायतका माग सरकारसँग राखेको जनाए।
दोस्रो संविधान अघि गठन गरिएको ३३ दलीय मोर्चाबाट मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा–माओवादी अलग भएपछि थापाले गठबन्धनको नेतृत्व गर्दै आएका छन्।
सरकारले विभिन्न माग राखेर आन्दोलन गर्दै आएका विभिन्न दल तथा समुहलाई वार्तामा आउन आग्रह गर्दै आएको छ। यसअघि सरकारले थरुहट'/थारुवान संयुक्त संघर्ष समिति, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लिम गठबन्धनलाई वार्तामा आउन आग्रह गर्दै पत्र पठाएको थियो।

 

प्रकाशित: ९ असार २०७३ ०५:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App