coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरी हिरासतबाटै डा. केसीले थाले अनशन

जुम्ला – निषेधित क्षेत्र तोडेर अनशन थालेको भन्दै पक्राउ परेका डा. गोविन्द केसीले प्रहरी हिरासत भित्रै अनशन थालेका छन्। केसीले नागरिकसँग टेलिफोनमा कुरा गर्दै प्रहरी कार्यालयभित्रै अनशन थालेको जानकारी दिए।

जुम्लास्थित कर्णाली स्थास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अनशन बस्न जाँदै गर्दा केसीलाई शनिबार दिउँसो प्रहरीले जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरेको थियो।

उनलार्इ निषेधित क्षेत्रमा अनशन बस्न लागेको भन्दै प्रशासनले नियन्त्रणमा लिएको हो।

चिकित्सा शिक्षा विधेयक मेडिकल माफियाको पक्षमा आएको भन्दै सच्याउन माग गर्दै डा. केसी अनशन बस्न शुक्रबार जुम्ला आएका थिए।

प्रकाशित: १६ असार २०७५ १०:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App