७ वैशाख २०८१ शुक्रबार
समाज

बिप्लबका कार्यकर्ता पक्राउ

डोल्पा – नेपाल कम्युनिष्ट पार्टी (बिप्लब)का एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बैशाख ३१ गते ठुलीभेरी नगरपालिका–९ भेत्तीस्थित माइडाँडामा प्रहरीको स्कटिंङ्ग टोलीमाथि भएको आक्रमणका योजनाकार मध्येका एक भएको भन्दै प्रहरीले नेकपाका कार्यकर्ता दिनेश सिंहलाई पक्राउ गरेको हाे।

सिंहलाई चन्दा असुली गरिरहेको अवस्थामा कालिकोटबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक हरिप्रसाद शर्माले बताए।

बैशाख ३१ नेकपाका जिल्ला सदस्य सागर शाहीलाई प्रहरीले  पक्राउ गरी सदरमुकाम दुनैतर्फ लगिरहेको अवस्थामा नेकपाका जिल्ला इन्चार्ज अजिव बिष्टको कमाण्डमा रहेको टोलीले प्रहरीमाथि आक्रमण गरी शाहीलाई छुटायर लगेको थियो।

प्रहरीले सार्बजनिक अपराध ऐन अन्तरर्गत दिनेश, सागर, र अजिवको मुद्दा चलाइरहेकाले शर्माले बताए। यस अघि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सर्खेत तातोपानीका नरबहादुर राना र सन्तोष खड्कालाई पक्राउ गरि मुद्दा चालाई सकेको छ।

प्रकाशित: १६ असार २०७५ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App