coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चुँ गाउँमा पानीको हाहाकार, वस्तीनै उठ्ने खतरामा

डोल्पा – खानेपानीको हाहाकार हुन थालेपछि हिमाली जिल्ला डोल्टाको चुँ गाउँको वस्ती नै उठ्ने अवस्थामा पुगेको छ। त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं. ९ मा पर्ने करिव दुई सय परिवारको बसोवास गरेको उक्त वस्ती पानीकै समस्याले उठ्ने खतरामा पुगेको हो।

दुई सय परिवारको एउटै मात्र धारो छ। एउटै धारोमा सानो पानी आउने भएकाले वस्ती खतरामा परेको स्थानीय योगेन्द्र कार्की बताउँछन्।

‘दिनभर एकजनाले धारोमा पानीका लागि पालो कुरेर बस्नु पर्छ। नत्र मुखमा एक थोपा पानी पर्दैन’, उनको गुनासोछ, ‘जलस्रोतको धनी देशका जनताले मरुभूमिको जस्तै सास्ति खेप्नु परेको छ।’ कहिले काही रातिसम्म पनि पालो नाउँदा घण्टौं हिडेर छिमेकी गाउँ लिकु, दापु पुगेर पनि पानी ल्याउने गरेको उनको गुनासो छ।

देशमा थुप्रै परिवर्तन भएपनि चुँ वासीको जीवनस्तर भने पुरानै तरिकाले चलिरहेको स्थानीय जगत बुढाले बताए। थुप्रै जनप्रतिनिधिलाई जिताइसकेको भएपनि आफुहरुको समस्या कसैले सम्बोधन नगरेको उनको गुनासो छ। चुनावताका प्रत्येक जनताको घरघरमा पानी पुगाउने नेताको चुनावी नारा नारामै मात्र सिमित हुने गरेको उनको गुनासो छ।

चुँ गाँउमा दिनहुँ जसो पानीकै लागि गाउँले बीच झगडा पनि हुने गरेको छ। पालो मिचेको भन्दै गाउँले बीच थुप्रै पटक कुट्पिट्को अवस्था समेत सिर्जना भएको स्थानीय शिक्षक गमबहादुर बुढाले बताए।

फागुनी खातीका अनुसार सरसफाइका लागि शनिवार कुर्नु पर्छ। पानीको अभावले राम्रोसँग सफसफाई गर्न नपाउँदा रोगको खतरा बढेको पनि उनले बताइन्। कामकाे लाेड पनि महिलालार्इनै बढी हुने त्यसैमा पानीकाे लाइनमा बस्नु पर्दा महिलाहरूकाे अन्य काम पुरै प्रभावित बन्ने गरेकाे छ।

पानीकै अभावले लाइनमा बस्नका लागि विद्यार्थीहरुले पनि नियमति विद्यालय जान भएका छैनन्। जनप्रिय माजिकी छात्रा जुनछाया बुढाले पालो मिचिने डरले स्कुल छोडेरै भएपनि पानी भर्ने गरेको दुखेसो पोखिन्।

स्थानिएकाे माग छ, 'कि त सरकारले पानी सहजरुपमा उपलब्ध हुने व्यवस्था मिलाई दिनु पर्छ। हैन भने वस्ती नै स्तानान्तरण गरिदिनु पर्छ।'

प्रकाशित: १६ असार २०७५ ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App