रसुवामा १८ प्रतिशत रोपाइ सम्पन्न

शनिबार, १६ असार २०७५, ११ : ३५ हिमनाथ देवकोटा

रसुवा – रसुवामा १८ प्रतिशत रोपाइ सकिएको छ। समयमा मनसुन सक्रिय भएका कारण असार लागेसँगै जिल्लामा रोपाइँ सुरु भएको हो। जिल्लामा एक हजार नौ सय तीन हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ।

गत वर्ष बाढी र पहिरोको कारण धान उत्पादन घटेको थियो। जिल्लामा गत वर्ष तीन हजार चार सय २५ मेट्रिक टन धान उत्पादन भएको छ। आर्थिक वर्ष २०७२÷७३ मा तीन हजार चार सय २९ मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्याङ्क छ। यो वर्ष धान उत्पादन ८ प्रतिशत बढ्ने अनुमान छ।
समयमा नै मनसुन सक्रिय भएका कारण धान रोपाइ समयमा नै सम्पन्न हुने देखिन्छ, वागवानी विकास अधिकृत सन्तोष पाठकले भने, प्राकृतिक विपद् आएन् भने यो वर्ष धान उत्पादन बढ्छ। जिल्लाको तल्लो क्षेत्रमा पर्ने कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकामा धान उत्पादन हुने गरेको छ।

माथिल्लो क्षेत्रमा उत्पादनशील जमिन कम भएकाले थोरै क्षेत्रमा मात्र स्थानीय जातको धान रोप्ने गरिन्छ। जिल्लामा चैते, वर्षे र वर्षे हाइब्रिड धानको खेती गरिन्छ। कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा खुमल १०, खुमल ४, चाइचुन २४२, साबित्री मकवानपुर १, राधा ४, मकवानपुर १, हाइब्रिड र स्थानीय पतला जातको धान उत्पादन हुने गरेको छ।

त्यसैगरि धान दिवसको अवसरमा जिल्लाको नौकुण्ड गाउँपालिकाले गाउँपालिकाको खुमल ४ पकेट क्षेत्र पाटीखर्कमा धान रोपाइँ गरेको छ। यसअघि जिल्ला कृषि विकास कार्यालयले धान दिवस मनाउँदै आएको भएपनि यो वर्ष कार्यालयले कुनै पनि कार्यक्रम सञ्चालन गरेन्।

कृषि उत्पादनको हिसावले जिल्लामा प्रतिवर्ष एक हजारदेखि १५ सयसम्म खाद्यान्न अपुग हुने गरेको छ। तर पहुँच, उपयोग र स्थिरताको हिसावले न्युनतम खाद्य असुरक्षित जिल्लामा पर्दछ।







यसमा तपाईको मत

अन्य समाचार

“नाडा अटो शो २०१९” आयोजना गरिने

“नाडा अटो शो २०१९” आयोजना गरिने

नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालद्वारा यही भाद्र १० देखि १५ गते सम्म ...

रिलायन्स लाइफ इन्स्योरेन्सको सभा

रिलायन्स लाइफ इन्स्योरेन्सको सभा

रिलायन्स लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...

एलबिइएफको पहिलो दिक्षान्त

एलबिइएफको पहिलो दिक्षान्त

एसिया प्यासिफिक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लर्ड बुद्घ एजुकेसन फाउन्डेसन क्याम्पसले आफ्नो पहिलो दीक्षान्त समारोह सम्पन्न गरेको छ । ...

टाटा ह्यारियर चाँडै नेपाली बजारमा (भिडियो )

टाटा ह्यारियर चाँडै नेपाली बजारमा (भिडियो )

नाडा अटो सो २०१९ मा टाटाले नयाँ एसयुभी गाडी ह्यारियरलाई एच फाइभ नाम दिएर नेपाली बजारमा भित्र्याउन लागेको जनाएको छ।

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

गुगल म्याप्सलाई टक्कर दिँदै हुवावेले आफ्नै म्याप्स ल्याउने भएको छ ! ...

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad