coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अजमौनद्वारा संन्यासको घोषणा

तेहरान – इरानका स्ट्राइकर सरदार अजमौनले शुक्रबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।

२३ वर्षे अजमौनको विश्वकपमा गरेको प्रदर्शनपछि समर्थकको आलोचनका कारण आमाको स्वास्थ्यमा समस्या आएको भन्दै अन्तर्राष्ट्रिय फुटबलमा थन्क्याउन खोजेको बताएका हुन्।

विश्वकपको छनोट चरणमा सर्बाधिक ११ गोल गरेका अजमौन इरानी टोलीका उदीयमान खेलाडी हुन् । स्पेनविरुद्ध समूह चरणको अन्तिम खेलमा उनको टोली १–० ले पराजित भएको थियो।

मोरक्कोविरुद्धको खेलमा जित हात पार्दै विश्वकपमा सुखद सुरुआत गर्दा इरानी समर्थकले सडकमा उत्रिएर जितको खुसी मनाएका थिए । पोर्चुगलविरुद्ध समूह चरणको अन्तिम खेलमा अजमौन बेन्चमा थिए।

समर्थकको आलोचनापछि आमाको स्वास्थ्य विग्रदै गएको बताउँने उनले संन्यासको घोषणापछि आमा ठिक हुने अपेक्षा गरेका छन्।

‘फुटबल र आमाको विकल्पमा मैले आमा रोजे,’ अजमौनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यो मेरा लागि जीवनकै पीडादायी निर्णय हो ।’ इरानका सञ्चार माध्यमले अजमौनले निर्णयमा पूर्नविचार गर्ने विश्वास लिएका छन्।

प्रकाशित: १६ असार २०७५ ०१:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App