मानव बेचविखनसम्बन्धी प्रतिवेदन सार्वजनिक

नेपाल दोस्रो तहमै

शनिबार, १६ असार २०७५, ०७ : १७ नागरिक

काठमाडौं– मानव बेचविखनसम्बन्धी मूल्यांकनमा नेपालले यसपालि पनि दोस्रो तहमै निरन्तरता पाएको छ । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको मानव बेचविखनसम्बन्धी प्रतिवेदन २०१८ ले नेपालको स्तर नसुध्रिएको देखाएको हो ।

विश्वभरका सरकारले आधुनिक दासत्वविरुद्धको संघर्षमा गरेका प्रयत्नको मूल्यांकन गरिएको उक्त प्रतिवेदनमा न्यूनतम मापदण्डको पूर्ण पालना भइनसकेको तर उक्त मापदण्डको पालनातर्फ उल्लेखनीय प्रयत्न गरेको मुलुकका रुपमा नेपाललाई मूल्यांकन गरिएको छ ।

न्यूनतम मापदण्डको पूर्ण पालना भइनसकेको तर उक्त मापदण्डको पालनातर्फ उल्लेखनीय प्रयत्न गरेको मुलुकका रुपमा नेपाललाई मूल्यांकन गरिएको छ ।

 

‘मानव बेचविखनको रोकथामका लागि नेपालले आफ्नो प्रयत्‍न बढाउनुका साथै कानुन कार्यान्वयन तथा पीडितको संरक्षणसम्बन्धी प्रयत्‍नमा समेत केही सुधार भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सन् २००० को संयुक्त राष्ट्रसंघीय मानव बेचबिखनसम्बन्धी सन्धिमा नेपाललाई हस्ताक्षर गर्न सिफारिस गरिएको छ र यसो गरेमा नेपालले मानव बेचबिखनविरुद्धको आफ्नो प्रतिबद्धतासम्बन्धी बलियो सन्देश प्रवाह गर्नेछ ।’ पलेर्मो प्रोटोकल समेत भनिने उक्त राष्ट्रसंघीय सन्धिलाई विश्‍वका १ सय ७३ मुलुकले अनुमोदन गरिसकेका छन्।

यस वर्षको प्रतिवेदन स्थानीय समुदायले सक्रिय रूपमा मानव बेचबिखनको समस्यालाई सम्बोधन गर्ने प्रभावकारी तरिका के हुन् र तिनलाई राष्ट्रिय सरकारले कसरी सहयोग गर्न तथा सशक्त बनाउन सक्छ भन्ने विषयमाथि केन्द्रित छ। 

विश्वका १० हिरोमा नेपालकी सुनीता दनुवार

अमेरिकी विदेश मन्त्रालयले नेपालकी सुनीता दनुवारलगायत विश्वका १० व्यक्तिलाई सन् २०१८ का ‘टिप हिरो’ को रुपमा सम्मानीत गरेको छ।

अमेरिकी विदेशमन्त्री माइकल आर. पेम्पेओ र अमेरिकी राष्ट्रपतिकी सल्लाहकार इभाङ्का ट्रम्पले मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन, २०१८ सार्वजनिक गर्दै दनुवार लगायतलाई सम्मानीत गरेका हुन् । मानव बेचबिखनविरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पित गरेका असाधारण व्यक्तिहरुको काम र उपलब्धिलाई अमेरिकाले टिप हिरोको उपाधिबाट सम्मानीत गर्दै आएको छ।

‘नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायलाई सेवा गर्ने प्रतिबद्धताका लागि सुनीता दनुवारलाई सम्मानित गरिएको हो,’ काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । उनी मानव बेचबिखनविरुद्ध सक्रिय गैरसरकारी संस्था शक्ति समूहकी सहसंस्थापक तथा कार्यकारी निर्देशक हुन् ।

उनको संस्थाले पीडितको दृष्टिकोण सकारात्मक बनाउने र विपन्न तथा ग्रामीण नेपाली समुदायमा मानव बेचबिखनविरुद्ध जनचेतना अभिवृद्धि गर्नेलगायतका काम गर्छ ।

‘गम्भीर चुनौतिका बीच पीडितको संरक्षण गर्ने, दोषीलाई सजाय दिलाउने र मानव बेचबिखनबारे चेतना बढाउने दिशामा दनुवारले आफ्नो अथक प्रयास जारी राख्नुभएकोमा अमेरिकी दूतावास उहाँलाई बधाई दिन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad