७ वैशाख २०८१ शुक्रबार
राजनीति

अाेलीले जब संसदमा कुर्सी प्रहारको तस्विर देखे

फोटो प्रदर्शनी अवलोकन गर्दै एमाले अध्यक्ष अाेली

काठमाडौं—फोटो पत्रकारहरुको साझा संस्था पिजे क्लबले आयोजना गरेको फोटो प्रदर्शनी हेर्न एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार ४ बजे बबरमहलस्थित आर्ट काउन्सिल पुगे। स्वागतका लागि क्लब अध्यक्ष विकास कार्की सहितको टोली मुख्यद्वारमै तैनाथ थियो।

‘अध्यक्ष कमरेडलाई स्वागत छ’, कार्कीले रातो रंगको ढाकाको खादा पहिराइ दिए। प्रदर्शनी पहिलो तल्लामा भइरहेको थियो। सोमबार मात्रै स्वास्थ्य उपचार गरेर बैंकका फर्किएका उनी श्रीमती राधिका शाक्य सहित फोटो प्रदर्शनीस्थल आएका थिए।

‘तपाइँले त जे लेखे पनि भइ गो नि। कसैले केही बुझ्ने होइन’ ठट्उली पारामा अध्यक्ष ओलीले खनालको लेखाइप्रति व्यंग्य कसे।

फोटो हर्ने क्रममा समाचार फोटो शीर्षकका उत्कृष्ट फोटोहरुको स्थानमा पुगेपछि पूर्वप्रधानमन्त्री ओली एकछिन अडिए। पिजे क्लबका पूर्व अध्यक्ष प्रकाश माथेमाले फोटोको व्याख्या गर्दै भने, ‘यो संसदमा भएको तोडफोडको फोटो हो।’

फोटो हेर्दै गर्दा भर्खरै स्वास्थ्योपचार गरेर फर्किएका उनको मुहारमा मुस्कान देखियो।
‘हो त उनी हाम्रो सरकारका मन्त्री थिए’, अध्यक्ष ओलीले भने।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा माओवादी कोटाबाट सप्तरी क्षेत्र नं. ३ बाट विजयी उमेशकुमार यादब सिंचाई मन्त्री थिए।  संसदमा कुर्सी उचालेर फुटाउँदै गरेको सो फोटो उत्कृष्ट समाचार फोटो विधामा छनौट भएर भित्तामा झुन्डिएको थियो।

‘हाम्रा मन्त्री यस्ता छन्’, फेरि उनले थपे।

२०७१ माघ ५ गते संसदमा भएको सो घटनामा अध्यक्ष अाेलीमाथि सांसदहरुले माइक प्रहार गरेका थिए।

***

‘तपाइँ पनि आइपुग्नु भयो’, अध्यक्ष ओलीले एमाले पूर्व अध्यक्ष झलनाथलाई भने। एमाले अध्यक्ष ओलीले १० मिनेट जति प्रदर्शनी हेरिसकेपछि खनाल प्रर्दशनीस्थल पुगेका थिए।
आयोजकले केहीबर दुवै नेतालाई भिन्नाभिन्नै फोटो अवलोकन गराए। ‘दुवैलाई एकै ठाउँमा राखेर अवलोकन गराए भइ गो नि’, भिडबाट कसैले भन्यो।

यो आइडिया आयोजकलाई ठिकै लागेछ क्यार। अध्यक्ष विकास कार्कीले नेता खनाललाई अघिअघि रहेका केपी ओली भए ठाउँमा पुर्‍याइ हाले। ओलीले धेरै नबोली तस्विरको संसार गहिरोसँग अवलोकन गरिरहेका थिए। दुवै नेतालाईहरुलाई अायोजकले खुब राम्रोसँग फोटोको क्याप्सन मुखैले बताए। तराईमा विद्यमान बोक्सी प्रथाबारेको फोटो स्टोरीको कथा दुवै नेताले चाखपूर्वक सुने।

बाहिरिने बेलामा प्रदर्शनीबारे केही लेख्नुपर्ने थियो। अघिअघि थिए एमाले अध्यक्ष ओली। उनले कलम लिए अनि छोटो सन्देश लेखे, ‘नयाँ ढाँचाका नयाँ फोटोहरु प्रेरणप्रद छन्।’
त्यसपछि लेख्नुपर्ने पालो आयो खनालको। उनले ४ लाइनको सन्देश त्यहाँ लेखे। पूर्ण व्यहोरा तल हेर्नुहोस्:

‘तपाइँले त जे लेखे पनि भइ गो नि। कसैले केही बुझ्ने होइन’ ठट्उली पारामा अध्यक्ष ओलीले खनालको लेखाइप्रति व्यंग्य कसे।

***
मंगलबारको प्रदर्शनीसँगै फोटो पत्रकार क्लबको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता–२०७३ सम्पन्न भएको छ। प्रदर्शनीको अन्तिम दिन एमाले अध्यक्ष अाेलीदेखि नयाँ शक्ति संयोजक बाबुराम भट्टराईसम्मले फोटो अवलोकन गरे।

उपराष्ट्रपति नन्दकिशोर पुन, सभामुख ओनसरी घर्ती मगर, वरिष्ठ एमाले नेता माधवकुमार नेपाल, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, संघीय समाजवादी फोरमका सभासद बीरेन्द्र महतो, एमाले नेताहरू रविन्द्र अधिकारी, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, नायिका करिष्मा मानन्धर, प्रियंका कार्की, बैंकर अनिल शाह लगायत सर्वसाधारणले प्रदर्शनी अवलोकन गरे।

६ दिनसम्म चलेको प्रदर्शनीमा उत्कृष्ट १५० तस्विर राखिएका थिए।

प्रदर्शनीको श्रृङ्खला विराटनगर, धरान ,सौराह, भैरहवा ,पोखरा, नेपालगन्ज र धनगढीमा आगामी दिनमा हुने अध्यक्ष विकास कार्कीले बताए।

प्रकाशित: २१ भाद्र २०७३ १३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App