८ वैशाख २०८१ शनिबार
समाज

खोलामा डुबेर २ बालिकाको मृत्यु

रौतहट– रौतहटको राजपुर नगरपालिकामा रहेको कुडियास्थित भकुवा खोलामा नुहाउन गएका दुई बालिकाको शुक्रबार डुबेर मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार राजपुर नगरपालिका वार्ड ७ कुडियास्थित भकुवा खोलामा शुक्रबार दिउसो नुहाउन गएकी शेख जाजुलको १० बर्षिया सबाना खातुन र शेख नेसारुलको ९ बर्षिया मजदा खातुनको डुवेर मृत्यु भएको हो। कुडिया पुलमुनी नुहाउने क्रममा गहिरो पानीमा खुट्टा चिप्लिदा दुवै बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए। 

घटना थाहा पाउने वित्तिकै इलाका प्रहरी कार्यालय राजपुरबाट खटिएका प्रहरी टोली तात्कालै घटनास्थलमा पुगेर दुवै बालिकालाई बाहिर निकाल्दा मृत्यु भइसकेको थियो। दुवैको शव जिल्ला अस्पताल गौरमा ल्याएर आवश्यक प्रक्रिया पुरा गरेपछि उनीहरुका अभिभावकलाई जिम्मा लगाएको प्रहरी निरीक्षक यादवले बताए। 

गत डेढ महिना अघि पनि सोही स्थानमा नुहाउन गएकी दुई बालिकाको डुबेर मृत्यु भएपछि स्थानीय बासिन्दाहरुलाई उक्त स्थानमा नुहाउन नजानु भनेर जनचेतना जगाएपनि शुक्रबार पुनः दुई बालिकाको डुवेर मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए।

प्रकाशित: १५ असार २०७५ १५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App