७ वैशाख २०८१ शुक्रबार
राजनीति

संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्छः मन्त्री यादव

काठमाडौँ-शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले संविधान कार्यान्वयनलाई सहज बनाउन संविधान संशोधन प्रक्रिया चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले सीमाङ्कन, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र, समानुपातिक–समावेशी र नागरिकताको विवाद टुङ्गो लगाउन संविधान संशोधन गरी मधेसी मोर्चालाई विश्वासमा लिनुपर्ने बताइन्।

उनले संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी दल एमालेले पनि सहयोग गर्नुपर्नेमा जोड दिँदै एमालेलाई मनाउनका लागि आफ्नो पार्टी र नेतृत्व लागिरहेको जानकारी दिइन्।

नेकपा (एमाले)का नेता लालबाबु पण्डितले संविधान कार्यान्वयनका क्रममा आवश्यक परे संशोधनको प्रक्रिया संवैधानिक व्यवस्थाअनुसार नै बढाउनुपर्नेमा जोड दिँदै गैरसंवैधानिक बाटोबाट संविधान संशोधन गर्न नहुने विचार व्यक्त गरे।  

नेकपा (माओवादी केन्द्र)का नेता मणि थापाले संविधान संशोधनमा एमालेले सहयोग गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै संविधानमा असन्तुष्टि राख्ने आन्दोलनरत पक्षसँग छलफल गरेर प्रदेश सीमाङ्कन, नागरिकता, राष्ट्रियतालगायत विषयमा प्याकेजमै छलफल गर्न सरकार तयार रहेको बताए।

मधेसी मोर्चाका नेता एवम् तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले एमाले पनि संविधान संशोधनको पक्षमा भएको बताउँदै काँग्रेस, माओवादी र मधेसवादी दलले संविधान संशोधन प्रक्रिया अघि बढाए एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे।

संविधानका ८३ वटा बुँदामा आफूहरुको असन्तुष्टि रहेको भन्दै तत्काल संशोधन गर्नुपर्ने माग गर्दै पहिले केन्द्रको चुनाव गरेरमात्रै प्रदेश र स्थानीय निकायको चुनाव गर्नुपर्ने सुझाव दिए। रासस

 

प्रकाशित: २१ भाद्र २०७३ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App