५ वैशाख २०८१ बुधबार
समाज

उपचार गर्न आएकी बालिकामाथि करणीको प्रयास, अहेब पक्राउ

रुकुम पश्चिम– उपचार गराउन आएकी एक बालिकालाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला अस्पताल सल्लेका अहेब चन्द्रकुमार मल्ललाई प्रहरीले पक्राउ गरेको छ। मुसिकोट नगरपालिकाकी १४ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

पेट सम्बन्धी समस्या भएपछि बालिका उपचारका लागि अस्पताल आएकी थिइन्। बुधबार राती करिब ११ बजे मल्लले बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जनाए। उनका अनुसार बालिकाको सोही अस्पतालमा उपचार भइरहेको छ। शौचालय जाँदै गरेकी बालिकालाई नजिकै रहेको प्रतिक्षालयमा बोलाएर मल्लले जबरजस्ती करणीको प्रयास गरेको बालिकाले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ।

आठबिसकोट नगरपालिका–१४ घेत्मा घर भई विगत तीन वर्षदेखि जिल्ला अस्पतालमा करार अहेव मल्ललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ। उनलाई जबरजस्ती करणी उद्योग मुद्दा दर्ता गरिने प्रहरी नायब उपरीक्षक खड्काले जनाए।

प्रकाशित: १५ असार २०७५ १२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App