फोटो पत्रकार क्लवको फोटो प्रदर्शनी सम्पन्न (फोटो फिचर)

मङ्गलबार, २१ भदौ २०७३, १९ : ०३ नागरिक

0


काठमाडाैं-फोटो पत्रकार क्लवको आयोजनामा भएको ‘आइएमई–ग्लोबल–आइएमई’ ‘नेपाल फोटो प्रतियोगिता–२०७३’ मंगलवार सम्पन्न भएको छ।


नेपाल आर्ट काउन्सिलमा भाद्र १६ देखि ६ दिनसम्म प्रदर्शनी चलेको थियो। प्रदर्शनीमा नेता, कलाकार, व्यवसायी, विद्यार्थी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको क्लबद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ।


प्रदर्शनीमा उपराष्ट्रपति नन्दकिशोर पुन, सभामुख ओनसरी घर्ती मगर, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ एमाले नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, संघीय समाजवादी फोरमका सभासद बीरेन्द्र महतो, एमाले नेताहरू रविन्द्र अधिकारी, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, कूटनैतिक नियोगका प्रतिनिधि, व्यवसायी, पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, नायिका करिष्मा मानन्धर, प्रियंका कार्की, विभिन्न विद्यालयका विद्यार्थी लगायत सर्वसाधारणले अवलोकन गरेका थिए ।


आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्यमा भएको फोटो प्रदर्शनीमा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र आरजे एडभान्चर फोटो स्टोरी गरी सात विधामा उत्कृष्ट १ सय पचास वटा तस्वीरहरू प्रदर्शनीमा राखिएको थियो ।


फोटो प्रदर्शनी आगामी दिनहरूमा विराटनगर, धरान ,सौराह, भैरहवा ,पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिने क्बलका अध्यक्ष विकास कार्कीले जानकारी दिए ।

प्रदर्शनीका झलकहरूः (सबै तस्बिरः पिजे क्बल)

 



























यसमा तपाईको मत

अन्य समाचार

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

झ्याल–ढोका निर्माण गर्नलाई एल्मुनियम र काठका साथै अहिलेको निकै चर्चामा रहेको विकल्प हो– युपिभिसी । ...

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

अब किनिसकेको १६ जिबी आइफोनमा चल्ने कसरी ? यी हुन् स्टोरेज बचाउने टिप्स र विकल्प ! ...