८ वैशाख २०८१ शनिबार
खेल

कोरियाली दूतावासमा मेक्सिकोका समर्थक

जर्मनीलाई पराजित गर्दै मेक्सिकोलाई अर्को चरणमा पठाएपछि मेक्सिको सिटीमा रहेको दक्षिण कोरियाको दूतावासमा मेक्सिकोका समर्थक। तस्बिरः एपी

मेक्सिको सिटी – दक्षिण कोरियाले जर्मनीमाथि हात पारेको २–० को एतिहासिक जितका साथ विश्वकप अन्तिम १६ मा स्थान पक्का गरेपछि मेक्सिकोका समर्थकले मेक्सिको सिटीमा रहेको दक्षिण कोरियाको दूतावासमा जम्मा हुँदै खुसीयाली मनाएका छन्।

सुरुआती दुई खेल जित्दै ६ अंकका समूह ‘एफ’ को शीर्ष स्थानमा बसे पनि अघिल्लो चरण प्रवेश पक्का गर्न नसकेको मेक्सिको समूहको अन्तिम खेलमा बुधबार स्विडेनसँग ३–० ले पराजित भएसँगै नकआउट चरण प्रवेश लक्ष्यमा गम्भीर धक्का लागेको थियो । टोलीको हारपछि निराश बनेका मेक्सिकोका समर्थक समूहकै अर्कोे खेलमा दक्षिण कोरियाले साबिक विजेता जर्मनीलाई हराओस् कामना गरिरहेका थिए।

अतिरिक्त समयमा गरेको दुई गोलमा दक्षिण कोरियाले जर्मनीको चुनौती समाप्त पारेसँगै मेक्सिकोकोे अघिल्लो चरणमा स्थान पक्का भएको थियो । अघिल्लो चरण प्रवेश गरेसँगै सयौंको संख्यामा जम्मा भएका समर्थकले दूतावासका काउन्सिलर हान बोयाङ–जिनलाई काँधमा बोक्दै ‘हामी सबै कोरियन हौं’ नारा लगाएका थिए।

सामाजिक सञ्जालमा पोस्ट भएका भिडियोहरूमा दक्षिण कोरियाली राजदूत किम साङ–इले मेक्सिकोका समर्थकहरूसँग टकिलाको बोतल बाँड्दै ‘कोरियन दाजुभाइहरू अब तपाईंहरू मेक्सिकन बन्नुभयो’ भन्ने नारा लगाएको देखिएको थियो।

प्रकाशित: १५ असार २०७५ ०४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App