coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौंको लामबगरमा बस दुर्घटना, १६ यात्रु घाइते

तस्विर : सुजन श्रेष्ठ/ नागरिक

काठमाडौं – धर्मस्थलीबाट रत्नपार्क आउँदै गरेको यात्रुवाहक बस शुक्रबार बिहान ७ः४९ बजेतिर काठमाडौंको लामबगरमा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्।

बा३ख ३७४९ नम्बरको बस दुर्घटना हुँदा चालक सहित १६ यात्रु घाइते भएका महानगरिय ट्राफिक महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीले जानकारी दिए।  उनले बस अनियन्त्रित भई सेस्पतिबोला खोला किनारमा पल्टिएको जानकारी दिए।

उनका अनुसार घाइतेहरुको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ असार २०७५ ०४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App