coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एक इन्च जमिन छोड्दैनौं : चीन

तीन दिने चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ (दायाँ)सँग भेट्दै अमेरिकी विदेशमन्त्री जेम्स म्याटिस । तस्बिर : एजेन्सी

बेइजिङ– चीनले आफ्नो एक इन्च भूभाग पनि नछोड्ने चिनियाँ राष्ट्रपति सी चिनफिङले बताएका छन्।

चीन भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्री जेम्स म्याटिससँगको छलफलपछि राष्ट्रपति सीले शान्तिका लागि चीन प्रतिबद्ध भए पनि देशको एक इन्च भूभाग नछोड्ने बताएका हुन्।

दक्षिणी चिनियाँ सागरको भूभागमा चिनियाँ दाबी बढिरहेकै बेला र अमेरिका–चीनबीचको व्यापारिक शत्रुता बढिरहेका बेला दुई देशबीचको तनाब थप चुलिएको छ । सन् २०१४ पछि चीनको भ्रमण गर्ने म्याटिस पहिलो अमेरिकी रक्षामन्त्री हुन् । अमेरिकाको कैयौं क्षेत्रीय गठबन्धन राष्ट्रको भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री म्याटिस हाल एसिया भ्रमणमा रहेका छन् ।

अमेरिका र चीनबीच व्यापार र दक्षिणी चिनियाँ सागरलाई लिएर विवाद बढिरहेकै बेला चिनियाँ राष्ट्रपति सीसँग भेट गरेको विदेशमन्त्री म्याटिसले भने बुधबार चिनियाँ राष्ट्रपति र चीनका अन्य अधिकारीसँगको भेट अत्यन्तै फलदायी भएको प्रतिक्रिया दिएको बिबिसीले जनाएको छ ।

अमेरिकाले चीनसँगको सैन्य सम्बन्धलाई अत्यन्तै ठूलो महत्वका साथ हेरिरहेको उनले बताए ।चीनको शान्तिपूणे उद्देश्य रहेको बताए पनि चिनियाँ राष्ट्रपतिले दक्षिणी चिनियाँ सागर आफ्नो भूभाग भएको भन्दै यस विषयमा कुनै समझदारी नहुने अमेरिकी विदेशमन्त्री म्याटिससँगको भेटपछि चिनियाँ राष्ट्रपति सीले बताए ।

‘हाम्रा पूर्खाले छोडेर गएको एक इन्च पनि भूभाग हामी छोड्न सक्दैनौं,’ राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् । ‘अरु देशका मानिसले के चाहन्छन् हामीलाई मतलव छैन,’ सीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।दक्षिण चिनियाँ सागरमा चीनको गतिविधिलाई लिएर अमेरिकाले पटकपटक निन्दा गर्दै आइरहेको छ । दक्षिण चीन सागरलाई सैनिकिकरण गर्दै उक्त क्षेत्रमा भौतिक संरचना बनाएर चीनले छिमेकीलाई तर्साउन खोजेको अमेरिकाले आरोप लगाउँदै आएको छ ।

दक्षिण चीन सागरको विवादित क्षेत्रलाई कैयौं देशले आफ्नो भूभाग भएको भन्दै दाबी गर्दै आए पनि चीनले भने उक्त क्षेत्रमा आफ्नो अधिकार भएको भन्दै ठूलो हिस्सा आफ्नो भएको दाबी गर्दै आइरहेको छ । उक्त क्षेत्र ठूलो सिपिङ रुट हो र माछाका लागि पनि प्रख्यात क्षेत्र हो । त्यसैगरी विवादित क्षेत्रमा पर्याप्त तेल र ग्यास भण्डारसमेत रहेको बताइन्छ ।

जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच सिंगापुरमा भएको ऐतिहासिक शिखर बैठकपछि अमेरिकी विदेशमन्त्री जेम्स म्याटिसले एसिया भ्रमण सुरु गरेको बिबिसीले जनाएको छ । म्याटिस बिहीबार दक्षिण कोरिया पुगेर त्यहाँका रक्षामन्त्री सङ योङ–मूसँग भेटवार्ता गरेका छन् । दक्षिण कोरियामा रहँदा उनले समग्र क्षेत्रको सुरक्षाका लागि अमेरिका प्रतिबद्ध रहेको प्रत्याभूत गराउने अनुमान गरिएको बिबिसीले जनाएको छ।

दक्षिण कोरियासँगको अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास रोक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको हालसालैको निर्णयले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि उत्तर कोरियासँगको वार्तामा अमेरिकी वार्ताकारलाई थप सहज हुने रक्षामन्त्री म्याटिसले बताएका छन् । उत्तर कोरियाली नेता किमलाई भेटेपछि राष्ट्रपति ट्रम्पले संयुक्त सैन्य अभ्यास रोक्नेबारे लिएको निर्णयले उत्तर कोरियालाई खुसी तुल्याएको थियो भने जापान र दक्षिण कोरियाजस्ता अमेरिकी गठबन्धन राष्ट्रलाई भने अचम्ममा पारेको थियो ।

 

प्रकाशित: १५ असार २०७५ ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App