८ वैशाख २०८१ शनिबार
राजनीति

बाढी प्रभावित जिल्लालाई पहिलो प्राथमिकताः मन्त्री गिरी

दाङ- सिँचाईमन्त्री दीपक गिरीले बाढी प्रभावित जिल्लाहरुलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। उनले दुईबर्ष अघि मध्य पश्चिम बिकास क्षेत्रका विभिन्न जिल्लाहरुमा बाढीले ठूलो बिनाश गरेको भन्दै ति प्रभावित जिल्लाहरुमा सिँचाईका योजना ल्याउने आफ्नो मुख्य कार्यभार रहेको बताए । दुईबर्ष अघिको बाढीबाट दाङ,बाँके, बर्दिया र सुर्खेत जिल्लाबासीहरुले ठूलो विपत्ति ब्यहोर्नु परेको भन्दै मन्त्री गिरीले त्यहाँका नागरिकहरुका लागि मल्मह बन्न जरुरी रहेको उनको भनाई छ।

बाढीले विनाश गरेका सिँचाई योजनाहरुलाई कसरी पुननिर्माण गर्न सकिन्छ भन्ने उदेश्यले अनुगमनका लागि आँफू मध्यपश्चिमका विभिन्न जिल्लाहरुमा भ्रमणमा निस्कीएको पनि मन्त्री गिरीले बताए। ‘मेरो मन्त्रालयको पहिलो कार्यभार भनेको बाढी प्रभावित क्षेत्रहरुमा सिँचाई सुविधा पुर्याउने हो,’नेपाल पत्रकार महासंघले मंगलवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा मन्त्री गिरीले भने ‘योजनाहरु कसरी ल्याउन सकिन्छ भनेर मन्त्रालयका सचिव,डिजी सहित अनुगमनका लागि आएको हुँ।’

यस्तै उनले केहि दिन अघि भत्कीएको बुप्रतिक्षित सिक्टा सिचाई योजनाको अनुगमन गर्ने समेत बताए। ‘विभिन्न पत्रिकाहरुमा सिक्टा सिँचाई योजना भत्कीएको भन्ने समाचार आएको छ,’उनले भने ‘त्यहाँ के भएको रहेछ पुगेर हेर्ने योजना बनाएको छु ।’

यस्तै एक अर्को प्रसंगमा मन्त्री गिरीले वर्तमान सरकारको प्रमुख लक्ष संविधान कार्यान्वयन भएको बताए। सबै नेपालीहरुको अपनत्व हुने गरि संविधान शंशोधन गरेर संविधान कार्यान्वयन गर्ने ध्याउन्नमा बर्तमान सरकार रहेको उनले बताए । ‘हिमाली पहाडी र तराईबासी सबैको आफ्नो महशुस हुने गरि संविधान कार्यान्वयन गरिन्छ,’उनले भने ‘ वर्तमान सरकारको प्रमुख ऐजेण्डा यहि नै हो।’  

 

प्रकाशित: २१ भाद्र २०७३ १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App