coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

लोकप्रिय खाजा मःमः

‘मेनु पल्टाई–पल्टाई हेर्यौं लास्टा रोज्ने उही मःम ।’ अहिले यो भनाई मःमः पारखीमाझ चर्चित छ । कार्यालय होस् वा स्कुल–कलेज चमेना गृह, सबैतिर मःमःकै पारखीको भीड लाग्छ । सामान्य खाजा पसलमा पनि मःम नै रोजाइमा पर्छ । यो अधिकांशले रुचाउने खाजामा पर्छ।

बच्चादेखि पाकासम्ःमः मःमःका पारखी छन् । एउटै स्वादमा मःमः खाँदा बोरिङ भएका पारखीले मःमःको थरिथरिका स्वादबाट आनन्द लिन सक्छन् । सामान्यतया मःमः भन्नेबित्तिकै पिठोमा मासुको डल्लो राखेर तयार गरिने एक प्रकारको खानाको परिकार भन्ने बुझिन्छ । तर, अहिले मःमःलाई विभिन्न डिजाइन र स्वादमा तयार गरिएको छ । रेस्टुरेन्टमा केही खान जानुभन्दा पहिला सरसफाइको ध्यान दिनुपर्ने क्लासिक मःमःका म्यानेजर गोपाल आचार्य बताउँछन् ।

उनी भन्छन्, ‘बाहिरबाट हेर्दा राम्रो देखिए पनि खान कतिको स्वस्थ्यकर छ भन्ने कुरामा ग्राहकले सोच्नु पर्छ ।’  क्लासिक मःमःको ब्रान्च काठमान्डुमा तीन वटा रहेको छ । न्युरोडमा क्लासिक मःमः सबैको रोजाइमा परेको म्यानेजर गोपाल आचार्य बताउँछन् । मःमःका किसिम किसिमका स्वाद र भेराइटीका जो कोही पनि फ्यान भएको उनको भनाइ छ।

मःमः खाने तौर तरिकामा पूरै परिवर्तन आएको छ । बच्चादेखि पाकासम्ःमःले रुचाउने मःमःका धेरै भेराटिज बजारमा पाउन सकिन्छ । काठमान्डुका विभिन्न रेस्टुरेन्टहरूले विभिन्न स्वादका मःमः पाइन्छन् । मिठो, छिटो र सस्तो भन्ने मान्यताका साथ न्युरोडमा बोता मःमःले एक वर्षदेखि मःमःका भेराटिज पस्किँदै आएको छ । काठमाडौंमा बोताका पाँच ब्रान्च छन्।

मःमःका केही परिकार
झोल मःमः
मःमःका भेराइटिजमा झोल मःमः विशेष रुचाइएको छ । चिकेन झोल मःमः छ भने चिकेनकै किमाको झोल बनाइन्छ । मःमः बफ छ अथवा भेज छ भने जुन स्वादको मःमः तयार हुन्छ झोल पनि त्यसैको तयार गरिन्छ।

झोल मःमः खान कुनै विशेष समय आवश्यक नपर्ने बोताकी सुपरभाइजर सगुन अर्याल बताउँछिन् । उनी भन्छिन्, ‘झोल मःमः विशेष गरी चिसो मौसम तथा पानी परेको समयमा बढी माग हुन्छ ।’ झोल मःमःमा राखिने झोल हट एन्ड स्पाइसी हुन्छ । मसलादार, पिरो खान रुचाउनेहरूलाई यो प्रिय भेराइटी बन्न सक्छ । चिकेन झोल मःमःको मूल्य दुई सय ३० रूपैयाँ पर्छ।

क्रञ्ची मःमः
मःमःको अन्य भेराइटीभन्दा फरक स्वाद हुनाले क्रञ्ची मःमः खानेको संख्या निकै बढ्दो देखिन्छ । अचेल जो कोहीले पनि क्रञ्ची मःमः रुचाउने भएका छन् ।

क्रञ्ची मःमः बाहिरबाट क्रिस्पी हुन्छ भने भित्र जुसी हुन्छ । यो ग्राहकको रुचि अनुसार हरेक भेराइटीमा उपलब्ध छ । स्टिम मःमःलाई ब्याटरमा हालेर बेकमा रोल गरेर डिप फ्राइ गरेर तयार पारिन्छ । जसले गर्दा मःमःको जुसी फ्लेबर र क्रिस्प स्वाद आउँछ । सामान्यतया चिकेन क्रञ्ची मःमःको मूल्य दुई सय ५० रूपैया पर्ने बोताकी सुपरभाइजर अर्याल बताउँछिन्।

चप्सी मःमः
चप्सी मःमः चिकेन, बफ, भेज सबै फ्लेबरमा पाइन्छ । चिकेन चप्सी एउटा प्लेटमा फ्राइ मःमः, चप्सी सस,  ससेज, भेजिटेबलको प्रकार, सनि साइड अप एग, चिकेनको फ्राइ पिसमाथि चप्सी सस राखिएको हुन्छ ।

मःमःको भेराइटीमा यो अन्य मःमः भन्दा फरक स्वादमा उपलब्ध छ । फ्राइ मःमःमा चप्सी ससको स्वादको पारखी जो कोही हुनसक्छ । हल्का स्पाइसी खान रुचाउनेहरूका लागि चप्सी मःमः राम्रो विकल्प हुन सक्छ । चप्सी मःमःको मूल्य दुई सय ५५ रूपैया पर्ने अर्याल बताउँछिन्।

ओपन मःमः
ओपन मःमः अहिले निकै रुचाइएको मःमःको भेराइटीमा पर्छ । ओपन मःमः मासुको फ्लेबर मात्र नभएर चक्लेटको फ्लेबरमा पनि खान सकिन्छ । चिकेन र चक्लेटको स्वादमा रहेको ओपन मःमः स्वादिलो मात्र हुँदैन, हेर्दा पनि आकर्षक हुन्छ । ओपन मःमःसँग खाइने ससका भेराइटी पनि थरिथरिको उपलब्ध हुन्छ ।

चकलेट ओपन मःमःमा खुवालाई किमाको रूपमा राखिन्छ भने माथिबाट चकलेटले भरिन्छ । फुलबुट्टे आकारको ओपन मःमः हरेकले रूचाउने लोकप्रिय मःमः भएको छ । सामान्यतः ओपन मःमःको मूल्य दुई सय १० रूपैयाँ पर्छ।

स्टिक्स मःमः
मःमःलाई भाडामा तयार पारेर खाने तरिकाभन्दा फरक ट्रेन्ड सुरु भएको छ । सेकुवा जस्तै गरी मःमःलाई पनि सिलमा उनेर तयार गरिन्छ ।

तसर्थ यसको नाम स्टिक्स मःमः राखियो । स्टिक्स मःमः क्रञ्ची र स्पाइसी स्वादको हुन्छ । स्टिकमा उनेर क्याप्किम, टमाटर, प्याजको साथमा सजाएर दिइन्छ । एउटा स्टिकमा तीनवटा स्टिक्स मःमःलाई कलात्मक ढंगले सजाइएको हुन्छ । एक प्लेट स्टिक्स मःमःमा दुई सिल उपलब्ध हुन्छ । सि ससमा मिक्स भएपछि स्टिकस मःमःको स्वाद निकै फरक हुन्छ । स्टिक्स मःमः स्पाइसी एन्ड हटका साथै निकै स्वादिलो पनि हुन्छ । स्टिक्स मःमःको मूल्य दुई सय २० रूपैयाँ पर्छ।

मोःपिजा
मःमः र पिजाको कम्बिनेसन गरेर तयार गरिएको हुन्छ, मोपिजा । न्युरोडस्थित क्लासिक मःमःमा मोपिजा सुरु गरेको सात महिना मात्र भएको छ ।

मोपिजाको माग निकै राम्रो रहेको क्लासिक मःमःका म्यानेजर गोपाल आचार्य बताउँछन् । उनी भन्छन्, ‘हामीले मःमःका पारखीलाई नौलो स्वाद दिन चाहेका हौं । मःमः र पिजा नेपालीको मन पर्ने  खाना जसलाई एकै ठाउँमा मिलाएर नयाँ रूप दिन खोजेका हौं ।’ मःमः र पिजा मन पराउनेहरूको यो प्रियः खाजाको परिकार हो । मपिजा विशेष गरि युवा पुस्ताको रोजाइमा परेको उनी बताउँछन् । सामान्यतया मोपिजाको मूल्य तीन सय पाँच रूपैया पर्ने क्लासिक मःमःका म्यानेजर आचार्य बताउँछन्।

मुस्ताङे मःमः
मुस्ताङे मःमः बढी पिरो खान मन पराउनेलाई राम्रो व्किल्प हुन सक्छ । मुस्ताङे मःमःमा प्रयोग गरिने सस निकै पिरो हुन्छ । मुस्ताङे मःमः चिसो समयम बढी खान रुचाइने बताउँछन्, क्लासिक मःमःका म्यानेजर  । पिरो खान आनन्दित मान्नेहरूको प्रिय खानाको रुपमा लिएको छ मुस्ताङे मःमः । मुस्ताङे मःमः चिकेन, बफ, भेज तिन वटै भेराइटीमा उपलब्ध छ । सामान्यतः चिकेन मुस्ताङे मःमःको मूल्य तीन सय ३५ रूपैयाँ पर्छ।

चाट मःमः
मःमःको अनेक स्वाद बजारमा पाउन सकिन्छ । मःमःको स्वाद मात्र नभएर मःमःमा नै अन्य खानको परिकारको स्वाद पनि खान सकिन्छ ।

चाट मःमः टिनयजर्सका प्रिय खानाको परिकार बनेको बताउँछन् क्लासिक मःमःका म्यानेजर गोपाल आचार्य । काठमान्डौंको न्युरोडमा रहको क्लासिक मःमःमा चाटको स्वादमा मःमः खान सकिन्छ । मःमःलाई तेलमा फ्राई गरेर चाट तयार गर्न प्रयोग गर्ने सामग्रीको कम्बिनेसन मिलाई तयार गरिने उनी बताउँछन् ।  चाट र फ्राइ मःमःको कम्बिनेसन नै चाट मःमः हो । सामान्यतया चाट मःमःको मूल्य १ सय ७५ रूपैयाँ पर्ने उनी बताउँछन्।

साधेको मःमः
साधेको मःमः भन्नेबित्तिकै पिरो, अमिलो मरमसलाको मिलावट निकै मिलाएर तयार गरिन्छ । साधेको मःमःमा लसुनको प्रयोग गरिन्छ । साधेको मःमःको स्वाद स्पाइसी हुन्छ । यो पिरो अमिलो ट्वाक्क खान रुचाउनेहरूको राम्रो विकल्प हुन सक्छ । स्टिम मःमःमा साधेको अचारको प्रयोग गरिन्छ । सामान्यतया साधेको मःमःको मूल्य दुई सय पाँच रूपैयाँ पर्ने उनी बताउँछन्।

छोइला मःमः
छोइला मःमः पोर्क । चिकेन, बफ, पनिर हरेक भेराइटीमा उपलब्ध रहेको छ । मसलेदार र पिरो खान रुचाउनेका लागि राम्रो विकल्प हुन सक्छ छोइला मःमः ।

नेवारी समुदायको  खानाको परिकार छोइलालाई मःमःमा उमलाएर नया स्वाद दिन खोजेको गोपाल बताउँछन् । उनी भन्छन्, ‘नेवारी खानाको पारखीलाई मःमःमा छोइलाको टेस्ट दिन खोजेका हांै, धेरैले निकै रुचाउनुभएको छ ।’ सामान्यतया यसको मूल्य एक सय पाँच रूपैयाँ पर्ने उनी बताउँछन् ।

 

प्रकाशित: १५ असार २०७५ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App