coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

अमेरिकी सरकारद्वारा सुनिता दनुवार ट्राफिकिङ् ईन पर्सन हिरो घोषित

अमेरिका- नेपालमा मानव बेचविखनविरुद्ध कार्यरत सुनिता दनुवार अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटद्वारा प्रदान गरिने ट्राफिकिङ ईन पर्सन (टिप) द्वारा सम्मानित भएकी छिन् ।

आज अमेरिकी विदेश मन्त्रालय वासिङटन डिसीमा आयोजित कार्यक्रममा विदेशमन्त्री माईकल पम्पियोले सो सम्मान प्रदान गरे । अमेरिकी सरकारले वर्षेनी विश्वभरीबाट मानव बेचबिखनविरुद्ध काम गर्ने व्यक्तिहरुलाई सम्मान स्वरुप दिईने टिप उच्च स्तरको सम्मान हो ।

सम्मान ग्रहणपछि नागरिकसँग दनुवारले भनिन, मैले गरेको काम विश्वले नियाली रहेको रहेछ र कामको मुल्याकनस्वरुप अमेरिकी सरकारबाट सम्मान पाउँदा निकै खुसी छु र आगामी दिनमा जिम्मेवारी थपिएको महसुश गरेको छु । सम्मान ग्रहण कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्कीको पनि उपस्थिती रहेको थियो ।

यस पुरस्कार पाउने विश्वका अन्य व्यक्तिहरुमा नेपालबाट दनुवार, ईन्डोनेसिया, बहराईन ब्रकिना फासो, क्यामरुन, एल सल्भाडोर, नाईजेरिया, सर्विया, सुडान, र दक्षिण कोरियाबाट एक एक जना रहेका छन । सम्मनित सबैले आज विदेशमन्त्रिबाट सम्मान पत्र लिएका छ ।  

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App