७ वैशाख २०८१ शुक्रबार
खेल

विश्वकप फुटबलमा ट्युनिसियाको सान्तवना जित, पानामा अंकविहीन

रूस – विश्वकप फुटबल २०१८ अन्तर्गत समूह चरणको अन्तिम खेलमा समूह ‘जी’ को ट्युनिसियाले पानामालाई २–१ ले पराजित गर्दै सान्तवना जित दर्ता गरेको छ।

मोर्डोभिया एरिना सारांस्कमा बिहीबार सम्पन्न खेलमा एक गोलले पछि परेको स्थिती उल्ट्याउदै ट्युनिसियाले २ गोल गरेको हो। ट्युनिसियाको जितमा वाबी खाज्री र बेन युशेफले एक–एक गोल गरे।

पानामाले खेलको ३३ औं मिनेटमा आत्माघाति गोलको उपहार पाएको थियो। ट्युनिसियाका यसिनी मेरिहाले आफ्नौ पोस्टमा गोल गरेपछि पानामाले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको ट्युनिसियाका लागि खाज्रीले ५१ औं मिनेटमा बेन युशेफको पासलाई सदुपयोग गर्दै गोल गरेपछि खेल बराबरीमा ल्याएका थिए।

त्यस्तै ६६ औं मिनेटमा औसमा हाददीको क्रसमा युशेफले गोल गरेपछि ट्युनिसियाले खेलमा २–१ को अग्रता लिएको थियो। त्यसपछि निर्धारित र इन्जुरी समयमा कुनै गोल नभएपछि ट्युनिसियाले खेल आफ्नो पक्षमा पार्न सफल भएको छ। पानामाले भने अंक विहीन रहदै रूस यात्रा अन्त्य गरेको छ।

यो समूहबाट बेल्जियम विजेता र इङल्याण्ड उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका छन्। प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोली सान्त्वना जितको खोजिमा थिए। पहिलो दुई खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिसकेका कारण ट्युनिसिया र पानामा दुवै अन्तिम खेलमा जित हासिल गर्दै रूस यात्राको सुखद अन्त्य गर्न आतुर थिए।

पहिलो खेलमा इङ्ल्यान्डलाई २–१ को नतिजा सुम्पिएको ट्युनिसिया दोस्रो खेलमा बेल्जियमसँग ५–२ को फराकिलो अन्तरमा पराजित भएको थियो। त्यस्तै बेल्जियमलाई पहिलो खेलमा ३–० को नतिजा सुम्पिएको पानामा दोस्रो खेलमा इङ्ल्यान्डसँग ६–१ को फराकिलो अन्तरमा पराजित भएको थियो।

 

प्रकाशित: १४ असार २०७५ २१:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App