coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

कोलम्बिया विश्वकप फुटबलको नकआउट चरणमा, सेनेगल बाहिरियो

रूस – कोलम्बिया समूह एच को विजेता बन्दै रूस विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत समारा एरिना रंगशालामा बिहीबार बेलुका सम्पन्न खेलमा सेनेगललाई १–० ले पराजित गरेसँगै कोलम्बियाले अघिल्लो चरणको यात्रा तय गरेको हो।

विश्वकप फुटबलको इतिहासमै पहिलो पटक फेयर प्ले अंकका आधारमा समूह चरण पार गर्ने टोलीको निर्णय हुँदा एसियाली प्रतिनिधि जापान भाग्यमानी साबित भएको हो। 

कोलम्बियासँग पराजित सेनेगल भने समूह चरणबाटै घर फर्कन बाध्य भएको छ। यो समूहबाट जापानले उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको छ। जापान आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा पोल्याण्डसँग १–० ले पराजित भएपनि कोलम्बियाले सेनेगललाई हराएका कारण अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको हो। 

जापान र सेनेगलको हकमा अंक बराबर भयो। गोलअन्तर पनि दुवैको सुन्य भयो। बढि गोल गरेको आधारमा पनि निर्णय भएन। दुई टिमबीचको खेल २–२ को बराबरीमा भएका कारण हेड टु हेडबाट पनि निर्णय निस्किएन। त्यसपछि फिफा विश्वकपको इतिहासमै पहिलो पटक फेयर प्ले अंक (पहेलो/रातो कार्ड सामना गरेको) आधारमा निर्णय हुँदा जापानले बाजी मार्याे। समूह चरणका तीन खेलमा सेनेगलले ६ वटा पहेलो कार्ड सामना गरेको थियो भने जापानी खेलाडीले चारमात्र पहेलो कार्डको दर्शन गरेका थिए। 

कोलम्बिया ६ अंकसहित समूह एचको विजेता बन्दा समान ४ अंक भएपनि जापान समूह उपविजेता रहँदै अघिल्लो चरणमा प्रवेश गरेको हो। यो खेलमा बराबरी गरेको भए सेनेगल अन्तिम १६ मा प्रवेश गर्नेथ्यो। कोलम्बियालाई समूह विजेता बनाउन खेलको ७४ औं मिनेटमा येर्री मिनाले निर्णायक गोल गरे। मिनाले कर्नरमा आएको बललाई हेडमार्फत गोल गरेका थिए।

खेलको १७ औं मिनेटमा कोलम्बियाका डभिन्सन सान्चेजले सेनेगलका साडियो मानेलाई डिबक्स भित्र लडाएपछि रेफ्रिले पेनाल्टी दिएका थिए। तर कोलम्बियाका खेलाडीले अपिल गरेपछि रेफ्रिले भिडियो असिस्टेन्स रेफ्रि (भिएआर) को सहायता लिएका थिए। भिएआरमार्फत पेनाल्टी नदेखिएपछि कोलम्बिया भाग्यमानी सावित भयो। पहिलो हाफमा सेनेगलले कोलम्बियालाई दबाबमा राखेपनि दोस्रो हाफमा भने कोलम्बियाले उत्कृष्ट प्रदर्शन गरेको थियो।

खेलअवधिभर दुवै टोलीले गोल गर्ने केहि राम्रा मुभ बनाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्। ७ पटक कोलम्बियाको पोस्टमा धावा बोलेपनि सेनेगल गोल गर्न असमर्थ रह्यो। कोलम्बियाका जेम्स रोड्रिगेन र राडामेल फाल्काओ र सेनेगलका साडियो मानेले भने सोचे अनुसारको खेल पस्कन सकेनन्।

जापानसँग २–१ ले स्तब्ध हुँदै प्रतियोगिताको सुरुआत गरेको कोलम्बियाले दोस्रो खेलमा पोल्यान्डलाई ३–० ले पराजित गर्दै नकआउट चरण प्रवेश सम्भावना ब्युँताएको थियो। कोलम्बियालाई अन्तिम १६ प्रवेशका लागि यो खेल जित्नैपर्ने दबाब थियो। बराबरीमा सीमित भए टोलीले अघिल्लो चरण प्रवेशका लागि समूहको अर्को खेलमा पोल्यान्डले जापानमाथि फराकिलो जित हात पारेको देख्नुपर्नेथ्यो।

त्यस्तै १६ वर्षपछि प्रतियोगितामा पुनरागमन गरेको सेनेगलले पहिलो खेलमा पोल्यान्डलाई पराजित गरेको थियो भने दोस्रो खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा जापानसँग अंक बाँढ्न बाध्य भएको थियो। 

योसँगै विश्वकप २०१८ मा नकआउट चरणमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ। जसमा समूह ए बाट उरुग्वे र रूस, समूह बी बाट स्पेन र पोर्चुगल, समूह सी बाट फ्रान्स र डेनमार्क, समूह डी बाट क्रोएसिया र अर्जेन्टिना, समूह इ बाट ब्राजिल र स्विट्जरल्याण्ड र समूह एफ बाट स्विडेन र मेक्सिको, जी बाट इङल्याण्ड र बेल्जियम तथा एच बाट कोलम्बिया र जापान नकआउट चरणमा प्रवेश गरिसकेका छन्। उद्यपी इङल्याण्ड र बेल्जियममध्ये को विजेता बन्नेछ त्यो खेलपछि मात्र टुंगो लाग्नेछ। 

प्रकाशित: १४ असार २०७५ १६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App